२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

अमेरिकाको सुपर मार्केटमा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तीमा १० को मृत्यु

Logo
प्रकाशित आइतबार, जेठ ०१, २०७९


(ABC=SANCHAR)
काठमाडौँ । अमेरिकाको न्युयोर्कस्थित एक सुपरमार्केटमा एक युवकले अन्धाधुन्ध गोली प्रहार गरी १० जनाको हत्या गरेका छन् ।

व्यस्त सुपरमार्केटमा प्रवेश गरेका १८ वर्षीय युवकले सर्वसाधारणमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा १० जनाको मृत्यु भएको हो । यस्तै, घटनामा ३ जना घाइते भएका छन् ।

घटना लगत्तै ती युवकलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ । अनुसन्धानका क्रममा ती युवक भारी हतियारले सु-सुजित भएको खुलासा भएको छ ।

सुपरमार्केट प्रवेशका समयमा उनले कवज र हेलमेट लगाएका थिए । उनी न्युयोर्कको स्थायी बासिन्दा नभई ६ घण्टाको यात्रा गरी न्युयोर्कको सुपरमार्केटमा प्रवेश गरेको खुलासा भएको छ ।

घटनाप्रति अमेरिकी राष्ट्रपति जो बाइडेनले दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

error: Content is protected !!