२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

राप्रपाले काठमाडौंंको शंखरापुर नगरपालिकामा पनि बिजय प्राप्त गर्‍यो

Logo
प्रकाशित मंगलबार, जेठ ०३, २०७९

(ABC=SANCHAR)
काठमाडौंं । शंखरापुर नगरपालिका वडा नम्बर ३ मा राप्रपा विजयी भएको छ। ७ सय १४ मत पाएर राप्रपाका उम्मेदवार सूर्य तामाङ वडाध्यक्षमा विजयी भएका छन्।

उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका कर्म बल तामाङले ६ सय ६ मत पाएका छन्। काँग्रेसका सत्यमान लामाले १ सय ४३ मत पाएका छन् भने एमालेका उम्मेदवार राजेन्द्र तिवारीले ७७ मत पाएका छन्।

साथै यो पनि: भरतपुर महानगरमा विजय सुवेदीको अग्रता कायमै

भरतपुर महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहाल ३५ मतले पछि परेकी छन्। १२ हजार १६२ मत गन्दा नेकपा एमालेका विजय सुवेदीले ४ हजार १८२ मत पाएका छन् भने दाहालले ४ हजार १४७ मत पाएकी छन् । प्रमुख पदमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ७५३ मत पाएका छन्।

स्थानीय तह निर्वाचनको पछिल्लो नतिजा: अघि बढ्यो काँग्रेस, पछिपछि एमाले

स्थानीय तह निर्वाचनको मतगणनाको नतिजा आउने क्रम जारी छ। निर्वाचन आयोगको साढे १२ बजेको तथ्यांकअनुसार नेपाली काँग्रेस सर्वाधिक ४६ पालिका जित्दै अग्रस्थानमा रहेको छ भने एमाले ३८ पालिका जित्दै दोस्रो र माओवादी केन्द्र २१ पालिका जितेर तेस्रो स्थानमा रहेको छ।

निर्वाचन आयोगको अध्यावधिक विवरणअनुसार ५ पालिकामा मेयर जितेको काँग्रेसले ४१ गाउँपालिका जितेको छ। यस्तै मतगणना जारी हुँदा २०९ पालिकामा अग्रता बनाएको छ। जसमा मेयर पदमा ९४ र अध्यक्ष पदमा ११५ स्थानमा अग्रता बनाएको छ। यस्तै काँग्रेसले हालसम्म ५० पालिकामा उपप्रमुख जितेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गुन्डागर्दीमा संलग्न युवाले काठमाडौं छाड्न थालेका छन् प्रहरीले पक्राउ अभियान चलाएसँगै यस्ता पृष्ठभूमिका युवाले काठमाडौं छाड्न थालेका हुन् । प्रहरीले पक्राउ गर्ने सूचनापछि सिन्धुपाल्चोक घर भई बौद्धमा बसोबास गर्दै आएका कबित कटुवाल काठमाडौंबाट भागेको प्रहरीले जनाएको छ । कटुवाललाई केही महिनाअघि ललितपुर प्रहरीले समेत पक्राउ गरेको थियो । पछिल्लो समय मिटरब्याज र धाकधम्कीमा […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ को तेस्रो केन्द्रीय महाधिवेशन सौराहामा सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूको उल्लेखनीय सहभागितामा सम्पन्न महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै फोटो पत्रकारिताको सुदृढीकरण, पेशागत हकहित संरक्षण तथा प्रविधिमैत्री अभ्यासलाई प्राथमिकतामा राख्ने महत्वपूर्ण निर्णयहरू गरेको छ। महाधिवेशनको उद्घाटन चितवनका सिडियो गणेश अर्यालले गरेका थिए। उद्घाटन मन्तव्यका क्रममा उनले फोटो पत्रकारिता लोकतन्त्रको […]

दाङ । राप्ती गाउँपालिका-४, गाेलीनालामा बिहीबार राती एक युवककाे हत्यामा संलग्न एक युवती सहित ३ जना प्रकाउ परेका छन् । घटना भएकाे २४ घण्टा नबित्दै इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक पुष्करसिंह ऐरी नेतृत्वकाे प्रहरी टाेलीले रातभर लगाएर ती ३ जना अभियुक्तलाई प्रकाउ गर्न सफल भएकाे हाे । हत्यामा संलग्न भएकाे आराेपमा प्रहरीले […]

error: Content is protected !!