२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

इप्रका तुल्सीपुर प्रहरीले लागुऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, जेठ ०३, २०७९


ABC (क्राईमबिट)
दाङ । ईलाका प्रहरी कार्यालय तुल्सीपुरले लागुऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरेको छ । सोमबार बेलुका साढे ८ बजेतिर तुलसीपुर १२ बबई क्याम्पस पछाडीको सडक बाटोबाट ६३० मिलीग्राम लागुऔषध (ब्राउन सुगर)सहित चार जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिका ६ निवासी २३ वर्षिय रविन नेपाली, तुलसीपुर उपमहानगरपालिका ९ निवासी २७ वर्षिय मार्केट जेठा भन्ने कृष्ण जैसी, घोराही उपमहानगरपालिका १० घर भई हाल तुलसीपुर ५ निवासी २८ वर्षिय राजेश नेपाली र तुलसीपुर ५ निवासी ३४ वर्षिय अम्मर बाल्मिकीलाई पक्राउ गरेको हो ।

बबई क्याम्पस पछाडीको बाटोमा रा ५ प ८८६५ नम्बरको मोटरसाइकलमा तीन जना शंकास्पद तरिकाले हिडीरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा रविन नेपालीले लगाएको पाईन्टको खल्तीबाट कालो प्लाष्टिकले बेरी स-साना पुडिया बनाएको थान ११ पुडिया लागू औषध(ब्राउन सुगर) जस्तो देखिने पदार्थ तौल गर्दा प्लाष्टिक सहित ४४० मिली ग्राम र प्लाष्टिक हटाई तौल गर्दा ३०० मिली लागु औषध(ब्राउन सुगर) बरामद गरेको डिएसपी अर्यालले बताए ।

त्यस्तै पक्राउ गरिएका तीन जनालाई सोधपुछ गर्दा अम्मर बाल्मिकीसंग किनेको बताएपछि अम्मर बाल्मिकीको कोठाबाट सानो पुडिया बनाएको थान २ पुडिया लागु औषध (ब्राउन सुगर) जस्तो देखिने प्लाष्टिक सहित तौल गर्दा १९० मिली ग्राम र प्लाष्टिक हटाई तौल गर्दा १४० मिली ग्राम लागु औषध(ब्राउन सुगर) बरामद गरेको डिएसपी अर्यालले बताए ।

उनीहरु चारै जनालाई पक्राउ गरी आवश्यक कारवाहीका लागी इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखी थप अनुसन्धान कार्य जारी रहेको डिएसपी अर्यालले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]

(एबिसि संचार ) नेपाल पत्रकार महासंघको २७ औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । शुक्रबार र शनिबार राष्ट्रिय सभागृहमा हुने महाधिवेशनको आज बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसअघि शान्तिवाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी निकाल्ने कार्यक्रम रहेको छ । केन्द्रीय महाधिवेशनमा सहभागी हुन देशभरबाट पत्रकारहरू काठमाडौंमा आइसकेका छन् […]

(एबिसि संचार ) बैदेशिक रोजगारीका लागी न्युजिल्याण्ड पठाउँछु भन्दै ठगी गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका घर भई काठमाडौँ बस्ने २६ वर्षीय अर्जुन कँडेल रहेको प्रहरीले जनाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार कँडेललाई काठमाडौँको सामाखुसीबाट पक्राउ गरिएको हो ।उनले आकर्षक तलबको लोभ देखाएर पीडितसँग […]