२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

सरकारले २ दिनको लागि मात्र बसन्त लामालाई एआईजीमा बढुवा गर्‍यो

Logo
प्रकाशित शुक्रबार, जेठ ०६, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । सरकारले डीआईजी बसन्तकुमार लामालाई एआईजीमा बढुवा गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले लामालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

एआईजी लामालाई आज दिउँसो दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । यद्यपि, उनी २ दिनका लागि मात्र एआईजी बन्नेका छन् । लामाको कार्यकाल यही ७ जेठको मध्यरातसम्म मात्र छ । त्यसपछि उनी ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदै छन् ।

गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले गत २३ वैशाखमा प्रहरीको एआईजीमा लामालाई एकल बढुवा सिफारिस गर्ने निर्णय गरेको थियो । प्रहरी नियमावलीअनुसार सिफारिस भएको ७ दिनभित्र बढुवाविरुद्ध उजुरी दिन सकिने व्यवस्था छ ।

त्यस अवधिभित्र उजुरी नपरेपछि सरकारले बढुवा गर्न सक्ने भए पनि निर्वाचन र प्रधानमन्त्रको कार्यव्यस्तताको कारण मन्त्रिपरिषद बैठक बस्न नसक्दा उनको बढुवा प्रक्रिया अघि बढ्न सकेको थिएन ।

प्रहरीमा एआईजीका लागि ५ पद रिक्त भए पनि लामालाई मात्र बढुवा समितिको सचिवालयले एआईजीमा सिफारिस गरेको थियो । लामा प्रहरीमा व्यावसायिक तथा इमानदार अधिकारीको रुपमा परिचित छन् ।
जिल्लादेखि प्रदेशको सफल नेतृत्व गरेका लामाले ३३ किलो सुन तस्करी प्रकरणको पनि अनुसन्धान समितिमा रहेर काम गरेका थिए । पर्दाफासबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गुन्डागर्दीमा संलग्न युवाले काठमाडौं छाड्न थालेका छन् प्रहरीले पक्राउ अभियान चलाएसँगै यस्ता पृष्ठभूमिका युवाले काठमाडौं छाड्न थालेका हुन् । प्रहरीले पक्राउ गर्ने सूचनापछि सिन्धुपाल्चोक घर भई बौद्धमा बसोबास गर्दै आएका कबित कटुवाल काठमाडौंबाट भागेको प्रहरीले जनाएको छ । कटुवाललाई केही महिनाअघि ललितपुर प्रहरीले समेत पक्राउ गरेको थियो । पछिल्लो समय मिटरब्याज र धाकधम्कीमा […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ को तेस्रो केन्द्रीय महाधिवेशन सौराहामा सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूको उल्लेखनीय सहभागितामा सम्पन्न महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै फोटो पत्रकारिताको सुदृढीकरण, पेशागत हकहित संरक्षण तथा प्रविधिमैत्री अभ्यासलाई प्राथमिकतामा राख्ने महत्वपूर्ण निर्णयहरू गरेको छ। महाधिवेशनको उद्घाटन चितवनका सिडियो गणेश अर्यालले गरेका थिए। उद्घाटन मन्तव्यका क्रममा उनले फोटो पत्रकारिता लोकतन्त्रको […]

दाङ । राप्ती गाउँपालिका-४, गाेलीनालामा बिहीबार राती एक युवककाे हत्यामा संलग्न एक युवती सहित ३ जना प्रकाउ परेका छन् । घटना भएकाे २४ घण्टा नबित्दै इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक पुष्करसिंह ऐरी नेतृत्वकाे प्रहरी टाेलीले रातभर लगाएर ती ३ जना अभियुक्तलाई प्रकाउ गर्न सफल भएकाे हाे । हत्यामा संलग्न भएकाे आराेपमा प्रहरीले […]

error: Content is protected !!