२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

सरकारले ७ वटै प्रदेशमा एआईजी खटाउने तयारी ऐन संशोधन अन्तिम चरणमा

Logo
प्रकाशित शनिबार, जेठ ०७, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । सरकारले सातै प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) खटाउने तयारी गरेको छ । नेपाल प्रहरीलाई संघीय संरचनामा रुपान्तरणको गृहकार्यस्वरुप प्रहरी ऐन संशोधन गरेर एआइजीलाई प्रदेशमा पठाउन लागिएको हो ।

गृहमन्त्री बालकृष्ण खांडले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य संचालन,सुपरिवेक्षण र समन्वय ) ऐन २०७६ लाई संशोधन गर्न अध्यादेशमार्फत संसद बैठकमा प्रस्ताव दर्ता गरिसकेका छन् ।

हाल प्रदेशमा सरकारले नेपाल प्रहरीका डिआईजीहरुलाई प्रमुखका रुपमा खटाइएको छ । अव ऐन नै संशोधन गरेर उनिहरुलाई कानुनी अधिकार दिएर नै प्रदेशमा एआईजी खटाउने तयारी भइरहेको स्रोतले दावी गरेको छ ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले पदबहाली गरेसंगै प्रहरीका एआइजीलार्य प्रदेशमा खटाउने गृहकार्य भएको हो । यसअघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा समेत सातै प्रदेशका मुख्यमन्त्री र आन्तरिक मामिला मन्त्रीहरुले प्रदेशमा एआइजीको दरबन्दी राख्न माग गरेका थिए ।

प्रदेशमा प्रहरी हेर्ने आन्तरीक मामिला तथा कानुन मन्त्रालयमा सहसचिवस्तरको कर्मचारी सचिव हुने तथा एआईजी बिशिष्ट श्रेणीको पद भएकाले प्रथम श्रेणीको मातहतमा बिशिष्ट श्रेणीको कर्मचारी राख्न नमिल्ने तर्क यसअघि गरिएको थियो । तर, त्यसमा प्रहरी अधिकारी र निजामति कर्मचारीको विचमा छलफल भएर प्रस्ताव अघि बढेको बताइन्छ ।

यसअघि हालका प्रधानमन्त्री शेरबहादुर देउवा नै प्रधानमन्त्री हुंदा प्रदेशमा एआइजी खटाउने निर्णय भएको थियो । पछी ऐन ल्याएर नै डिआईजीलाई नै प्रदेश प्रमुखका रुपमा खटाइएको थियो ।

‘प्रदेशलाई बलियो बनाउनका लागि अधिकार विस्तारै तल दिने तयारी स्वरुप प्रदेशमा एआईजी खटाउन लागिएको हो । पछी विस्तारै खरिद र प्रहरी निरिक्षकसम्मको अधिकार समेत प्रदेशलाई दिने तयारी छ ।’ गृहमन्त्रालयका एक अधिकारीले भने । नेपाल प्रहरीमा अहिले एआईजीको संख्या एक प्राविधिकसहित ८ पुगेको छ । त्यसमध्ये महानगरिय प्रहरी ,केन्द्रीय अनुसन्धान ब्युरो र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान बाहेक सबै एआइजीको दरबन्दी प्रहरी मुख्यालयमा छ । काठमाण्डु-पाटीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गुन्डागर्दीमा संलग्न युवाले काठमाडौं छाड्न थालेका छन् प्रहरीले पक्राउ अभियान चलाएसँगै यस्ता पृष्ठभूमिका युवाले काठमाडौं छाड्न थालेका हुन् । प्रहरीले पक्राउ गर्ने सूचनापछि सिन्धुपाल्चोक घर भई बौद्धमा बसोबास गर्दै आएका कबित कटुवाल काठमाडौंबाट भागेको प्रहरीले जनाएको छ । कटुवाललाई केही महिनाअघि ललितपुर प्रहरीले समेत पक्राउ गरेको थियो । पछिल्लो समय मिटरब्याज र धाकधम्कीमा […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ को तेस्रो केन्द्रीय महाधिवेशन सौराहामा सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूको उल्लेखनीय सहभागितामा सम्पन्न महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै फोटो पत्रकारिताको सुदृढीकरण, पेशागत हकहित संरक्षण तथा प्रविधिमैत्री अभ्यासलाई प्राथमिकतामा राख्ने महत्वपूर्ण निर्णयहरू गरेको छ। महाधिवेशनको उद्घाटन चितवनका सिडियो गणेश अर्यालले गरेका थिए। उद्घाटन मन्तव्यका क्रममा उनले फोटो पत्रकारिता लोकतन्त्रको […]

दाङ । राप्ती गाउँपालिका-४, गाेलीनालामा बिहीबार राती एक युवककाे हत्यामा संलग्न एक युवती सहित ३ जना प्रकाउ परेका छन् । घटना भएकाे २४ घण्टा नबित्दै इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक पुष्करसिंह ऐरी नेतृत्वकाे प्रहरी टाेलीले रातभर लगाएर ती ३ जना अभियुक्तलाई प्रकाउ गर्न सफल भएकाे हाे । हत्यामा संलग्न भएकाे आराेपमा प्रहरीले […]

error: Content is protected !!