२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

एआईजी लामा आईतबारदेखि अनिवार्य अवकाश हुँदै ५ डीआईजी एआईजीमा बढुवा हुँदै

Logo
प्रकाशित शनिबार, जेठ ०७, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्त कुमार लामा अनिवार्य अवकाशमा जाने भएका छन् ।

लामाले एआईजीको ५६ वर्षे उमेर हदका कारण आज मध्यरातदेखि अनिवार्य अवकाश पाउने भएका हुन् । लामाको अवकाशसंगै नेपाल प्रहरी पाँच एआईजी दरबन्दी रिक्त हुने भएको छ ।

गृहमन्त्रालयसम्बद्ध उच्च स्रोतका अनुसार नेपाल प्रहरीका पाँच डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गर्ने तयारी गरिएको छ ।

रिक्त पाँच एआईजी पदमा डीआईजीहरु उत्तमराज सुवेदी, अरुणकुमार बिसि, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंहलाई बढुवा सिफारिस गर्ने तयारी छ । डीआईजीद्वय सुवेदी र बिसि २०७७ बैशाख ७ मा अनि डीआईजीद्वय लोहनी र आचार्य २०७७ पुस २० मा डीआईजीमा बढुवा भएका थिए ।

हालका आईजीपी धिरजप्रताप सिंहसंगै २०४९ चैत ११ मा प्रहरी निरिक्षकबाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेका उनिहरुमध्ये सुवेदी, बिसि र लोहनी काबिल प्रहरी अधिकृतको रुपमा परिचित छन् ।

हाल डीआईजी सुवेदी उपत्यका प्रहरी कार्यालय रानीपोखरीको निमित्त प्रमुख, बिसि एक नम्बर प्रदेश प्रहरी प्रमुख, लोहनी गण्डकी प्रदेश प्रहरी प्रमुख, आचार्य राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको निमित्त कार्यकारी निर्देशक र सिंह बागमती प्रदेश प्रमुखको जिम्मेवारीमा कार्यरत छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गुन्डागर्दीमा संलग्न युवाले काठमाडौं छाड्न थालेका छन् प्रहरीले पक्राउ अभियान चलाएसँगै यस्ता पृष्ठभूमिका युवाले काठमाडौं छाड्न थालेका हुन् । प्रहरीले पक्राउ गर्ने सूचनापछि सिन्धुपाल्चोक घर भई बौद्धमा बसोबास गर्दै आएका कबित कटुवाल काठमाडौंबाट भागेको प्रहरीले जनाएको छ । कटुवाललाई केही महिनाअघि ललितपुर प्रहरीले समेत पक्राउ गरेको थियो । पछिल्लो समय मिटरब्याज र धाकधम्कीमा […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ को तेस्रो केन्द्रीय महाधिवेशन सौराहामा सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूको उल्लेखनीय सहभागितामा सम्पन्न महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै फोटो पत्रकारिताको सुदृढीकरण, पेशागत हकहित संरक्षण तथा प्रविधिमैत्री अभ्यासलाई प्राथमिकतामा राख्ने महत्वपूर्ण निर्णयहरू गरेको छ। महाधिवेशनको उद्घाटन चितवनका सिडियो गणेश अर्यालले गरेका थिए। उद्घाटन मन्तव्यका क्रममा उनले फोटो पत्रकारिता लोकतन्त्रको […]

दाङ । राप्ती गाउँपालिका-४, गाेलीनालामा बिहीबार राती एक युवककाे हत्यामा संलग्न एक युवती सहित ३ जना प्रकाउ परेका छन् । घटना भएकाे २४ घण्टा नबित्दै इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक पुष्करसिंह ऐरी नेतृत्वकाे प्रहरी टाेलीले रातभर लगाएर ती ३ जना अभियुक्तलाई प्रकाउ गर्न सफल भएकाे हाे । हत्यामा संलग्न भएकाे आराेपमा प्रहरीले […]

error: Content is protected !!