०६ आश्विन २०८३, मंगलबार
22-09-2026 , Tue
×

सशस्त्र प्रहरीका एआईजी नारायण दत्त पौडेलले लगाए दर्ज्यानी चिन्ह (फूली)

Logo
प्रकाशित शनिबार, जेठ ०७, २०७९

ABC (क्राईमबिट)
काठमाडौ । सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा शुक्रबार आयोजित विशेष समारोहकाबीच सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह (फूली) प्रदान गरेका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को शुक्रबारको निर्णयले उनि सशस्त्र प्रहरी नायब महानिरीक्षक पदबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नती भएका थिए ।

समारोहमा सम्बोधनको क्रममा महानिरीक्षक अर्यालले हालै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नती हुनुभएका नारायणदत्त पौडेललाई हार्दिक बधाई दिंदै उनले संगठनमा रहेर आफ्नो जिम्मेवारीका क्षेत्रहरुमा प्रदर्शन गरेका कार्यक्षमता, सांगठनिक बिकासमा पुर्‍याउनु भएको योगदान तथा सेवाप्रतिको निष्ठा आदिको उच्च कदर गर्दै नेपाल सरकारले पदोन्नती प्रदान गरेको उल्लेख गर्दै उनलाई आगामी दिनमा कार्य सफलताको शुभकामना समेत व्यक्त गरे ।

उनले फौजमा चेनअफ कमाण्ड तथा अनुशासनको महत्वमाथि जोड दिंदै राष्ट्रसेवक सशस्त्र प्रहरीहरुको बृहत्तर हितका लागि निर्णय गरि केही सुधारका कार्यहरुको सुरुवात गरि सकिएको उल्लेख गर्दै अधिकृत तहका कर्मचारीहरुले जिम्मेवारी निर्वाहको क्रममा मातहतकालाई कुशल नेतृत्व र उच्च हौसला प्रदान गर्दै राज्यप्रदत्त जिम्मेवारी निर्वाहमा लाग्न त्यसैअवसरमा सकल दर्जालाई निर्देशन दिए ।

महानिरीक्षक अर्यालले आफ्नो लागि सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरु सबै समान रहेको उल्लेख गर्दै फौजी संस्कार निर्माण गरी आवश्यकता अनुरुपको नीति नियम तर्जुमा गर्दै सामुहिक नेतृत्व र सामुहिक निर्णयकासाथ संगठनलाई अगाडी बढाईने समेत स्पष्ट पारे ।

उनले यदि कोही फौजी संस्कारको बर्खिलाप र गैह्र व्यावसायिक क्रियाकलापमा संलग्न भएको पाईएमा त्यस्तालाई कारवाहीको दायरामा ल्याईने बताउदै सकल दर्जाको सरुवा तथा बढुवालाई बैज्ञानिक, पारदर्शी र अनुमान योग्य बनाईने उल्लेख गरे ।

सो समारोहमा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरु, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरुका साथै सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । विभिन्न व्यक्ति तथा समुदायविरुद्ध सामाजिक सञ्जालमार्फत आपत्तिजनक, आधारहीन तथा भ्रामक सामग्री सम्प्रेषण गरी चरित्रहत्या र सामाजिक शान्ति भंग गर्न खोजेको आरोपमा सिरहाका एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा लहान नगरपालिका–२४ का मनोजकुमार महतो ‘मनोज मानव’ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीका अनुसार महतोविरुद्ध विभिन्न व्यक्ति, व्यवसायी, जनप्रतिनिधि, पत्रकार, नेता तथा […]

दाङ । घोराहीबाट लमही जाने सडकखण्ड अन्तर्गत बेल्दमारको पहिलो घुम्तीनेर रातिको समयमा पाटे बाघ देखिएको छ। ट्रकलाई ओभरटेक गर्ने क्रममा पाटे बाघले झम्टिनबाट मुस्किलले ज्यान जोगिएको प्रत्यक्षदर्शीले बताएका छन्। साँझपख उक्त सडकखण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन दाङ प्रहरीले सबैमा अनुरोध गरेको छ।

दाङ । घोराही विश्व शान्ति दिवस–२०२६ को अवसरमा ब्रह्माकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र, दाङमा प्राकृतिक विपद्का कारण दिवंगत भएका आत्माहरूको शान्तिको कामनासहित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। ‘सबैका लागि, जहाँसुकै, हरेक दिन शान्तिमा लगानी गरौँ’ भन्ने यस वर्षको शान्तिको सन्देशसहित सोमबार २०८३ असोज ५ गते (२१ सेप्टेम्बर २०२६) कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नेपाल […]