२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

अमेरिकी उपमन्त्री र गृहमन्त्री खाणबिक भेटवार्ता

Logo
प्रकाशित आइतबार, जेठ ०८, २०७९

(ABC=SANCHAR)
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियाबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारमा भएको भेटमा आपसी सहयोग र द्धिपक्षीय सम्बन्धबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपाल र अमेरिकाबीच दैत्य सम्बन्ध स्थापनाको ७५ औँ वर्ष र विकास साझेदारीका ६० वर्ष लामो सम्बन्धबारे छलफल भएका छ । गृहमन्त्री खाणले भूकम्पपछिको पुनः निर्माण र कोभिडविरुद्धको लडाईमा प्राप्त अमेरिकी सहयोगका लागि धन्यवाद दिएका छन् ।

भेटमा गृहमन्त्री खाणले नेपाल आफ्नो छिमेकी देश भारत र चीनको सुरक्षा संवेदनशीलताप्रति प्रतिबद्ध रहेको बताएका छन् । त्यस्तै नेपालको तर्फबाट भुटानी शरणार्थीको तेस्रो देश पुनर्वासको लागि अमेरिकाले गरेको सहयोगलाई धन्यवाद खाणले धन्यवाद दिएका छन् । मन्त्री खाणले उपमन्त्री जियालाई लुम्बिनी भ्रमण गर्न अनुरोध गरेका छन् । जियाले आफू लुम्बिनी भ्रमणका लागि उत्सुक रहेको र अर्को पटकको भ्रमणमा लुम्बिनी भ्रमणको कार्यसूचीमा राख्ने बताइन् ।

अमेरिकी सहयोग नियोग (एमसीसी) संसदबाट अनुमोदन गरी नेपालको विकास र गरिबी निवारणतर्फ सरकार अग्रसर भएकोमा अमेरिकी सरकारको तर्फबाट उपमन्त्री जियाले धन्यवाद दिएकी छिन् । अमेरिकाले नेपाललाई दिने आर्थिक सहयोगमा बढोत्तरी गरिने जियाको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गुन्डागर्दीमा संलग्न युवाले काठमाडौं छाड्न थालेका छन् प्रहरीले पक्राउ अभियान चलाएसँगै यस्ता पृष्ठभूमिका युवाले काठमाडौं छाड्न थालेका हुन् । प्रहरीले पक्राउ गर्ने सूचनापछि सिन्धुपाल्चोक घर भई बौद्धमा बसोबास गर्दै आएका कबित कटुवाल काठमाडौंबाट भागेको प्रहरीले जनाएको छ । कटुवाललाई केही महिनाअघि ललितपुर प्रहरीले समेत पक्राउ गरेको थियो । पछिल्लो समय मिटरब्याज र धाकधम्कीमा […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ को तेस्रो केन्द्रीय महाधिवेशन सौराहामा सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूको उल्लेखनीय सहभागितामा सम्पन्न महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै फोटो पत्रकारिताको सुदृढीकरण, पेशागत हकहित संरक्षण तथा प्रविधिमैत्री अभ्यासलाई प्राथमिकतामा राख्ने महत्वपूर्ण निर्णयहरू गरेको छ। महाधिवेशनको उद्घाटन चितवनका सिडियो गणेश अर्यालले गरेका थिए। उद्घाटन मन्तव्यका क्रममा उनले फोटो पत्रकारिता लोकतन्त्रको […]

दाङ । राप्ती गाउँपालिका-४, गाेलीनालामा बिहीबार राती एक युवककाे हत्यामा संलग्न एक युवती सहित ३ जना प्रकाउ परेका छन् । घटना भएकाे २४ घण्टा नबित्दै इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक पुष्करसिंह ऐरी नेतृत्वकाे प्रहरी टाेलीले रातभर लगाएर ती ३ जना अभियुक्तलाई प्रकाउ गर्न सफल भएकाे हाे । हत्यामा संलग्न भएकाे आराेपमा प्रहरीले […]

error: Content is protected !!