२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

रोल्पा कारागार प्रशासनको लापरबाही हरिजनको मृत्युक परिवार न्यायको माग गर्दै आन्दोलनमा

Logo
प्रकाशित सोमबार, जेठ ०९, २०७९


(ABC=SANCHAR)
बाँके । रोल्पा कारागारमा मृत्य भेटिएका बाँकेका सुन्दर हरिजनका परिवारले घटनाको छानवीनको माग गरेका छन् । न्यायको माग गर्दै उनीहरुले नेपालगन्ज उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा धर्ना समेत दिएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित दैलेखी बंगालाका सुन्दर हरिजन चमारको रोल्पा कारागारमा केहीदिन अघि ‘शंकास्पद’ मृत्यु भयो ।

कारागारको रेकर्डमा भने उनको नाम विजय विक्रम शाह देखियो । कर्मचारीले मृत्युबारे खबर गरेपछि परिवारका सदस्यहरु अलमलमा परे । रोल्पा पुगेर परिवारले शवको पहिचान गरेपछि मात्र मृतक ब्यक्ति सुन्दर नै भएको पुष्टी भयो । विजय विक्रमको नाममा परिवारले सुन्दरको शव बुझेर नेपालगन्ज ल्याए । मृतकको शव अहिले नेपालगन्जमा छ, तर परिवारले दाहसंस्कार गर्न मानेका छैनन् ।

परिवारले कारागारभित्र सुन्दरको सट्टा विजय विक्रम कसरी लेखियो भनेर चासो राखेपछि घटना रहस्यमय बनेको छ । चोरी र ‘नकदजनी’ चोरी मुद्दामा सुन्दरले जेल सजाय पाएका थिए । कारागारमा सजाय काट्न बाँकी रहेका विजय विक्रम सुन्दरको नाममा छुटे । विजय विक्रमको नाममा सजाय काटिरहेका सुन्दर पाँच दिनअघि रोल्पा कारागारको शौचालयभित्र झुण्डिएको अवस्थामा फेला परेपछि घटनाले नयाँ मोड लिएको हो ।

मृतकका परिवारले कर्मचारीको मिलेमतोमा सुन्दरलाई अर्काको नाममा जेलमा राख्ने काम गरेको र मृत्यु हुनुमा पनि कसैको संलग्नता रहेको आरोप लगाएका छन् ।

मृतकका दाई राजकुमारले भाईको मृत्यु भएको र कारागारका कर्मचारीले विजय विक्रमलाई कागजी रुपले जवरजस्ती आफ्नो भाई बनाउन खोजेको बताउनुभयो ।कारागार ब्यवस्थापन विभागले निर्देशक झरेन्द्र चापागाईको संयोजकत्व छानविन समिति बनाइसकेको छ । छानविनका लागि संयोजक चापागाई नेपालगन्ज आइपुग्नुभएको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गुन्डागर्दीमा संलग्न युवाले काठमाडौं छाड्न थालेका छन् प्रहरीले पक्राउ अभियान चलाएसँगै यस्ता पृष्ठभूमिका युवाले काठमाडौं छाड्न थालेका हुन् । प्रहरीले पक्राउ गर्ने सूचनापछि सिन्धुपाल्चोक घर भई बौद्धमा बसोबास गर्दै आएका कबित कटुवाल काठमाडौंबाट भागेको प्रहरीले जनाएको छ । कटुवाललाई केही महिनाअघि ललितपुर प्रहरीले समेत पक्राउ गरेको थियो । पछिल्लो समय मिटरब्याज र धाकधम्कीमा […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ को तेस्रो केन्द्रीय महाधिवेशन सौराहामा सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूको उल्लेखनीय सहभागितामा सम्पन्न महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै फोटो पत्रकारिताको सुदृढीकरण, पेशागत हकहित संरक्षण तथा प्रविधिमैत्री अभ्यासलाई प्राथमिकतामा राख्ने महत्वपूर्ण निर्णयहरू गरेको छ। महाधिवेशनको उद्घाटन चितवनका सिडियो गणेश अर्यालले गरेका थिए। उद्घाटन मन्तव्यका क्रममा उनले फोटो पत्रकारिता लोकतन्त्रको […]

दाङ । राप्ती गाउँपालिका-४, गाेलीनालामा बिहीबार राती एक युवककाे हत्यामा संलग्न एक युवती सहित ३ जना प्रकाउ परेका छन् । घटना भएकाे २४ घण्टा नबित्दै इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक पुष्करसिंह ऐरी नेतृत्वकाे प्रहरी टाेलीले रातभर लगाएर ती ३ जना अभियुक्तलाई प्रकाउ गर्न सफल भएकाे हाे । हत्यामा संलग्न भएकाे आराेपमा प्रहरीले […]

error: Content is protected !!