(ABC=SANCHAR)
पर्सा । मतदानमार्फत नेतृत्व परिवर्तन गर्ने वीरगञ्जबासीले चाहनालाई निवर्तमान मेयर विजयकुमार सरावगीले सम्मान व्यक्त गरेका छन् ।
मंगलवार बिहान सार्वजनिक वीरगञ्ज महानगरपालिकाको मतपरिणामपछि पराजित भएका सरावगीले सामाजिक सञ्जाल (फेसबुक) मा मतदातालाई आभार गर्दै नेतृत्व परिवर्तन गर्ने चाहनाको सम्मान गरेको उल्लेख गरेका छन् ।
यसअघि प्रमुख भएर गरेको काम र महानगरबासीबाट प्राप्त सहयोगलाई नै निरन्तरता दिई करिब ५ वर्षको अनुभवलाई महानगरको सापेक्षा बिकासमा सदुपयोग गर्ने ध्येयका साथ पुनः जनताको बिचमा आउने इच्छा पूरा नभएको सरावगीको भनाई छ । यद्यपी मतमार्फत निर्वाचित नभएपनि वीरगञ्जको बिकासका लागि निरन्तर सहयोग भने गरीरहने सरावगीले बताए ।