२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

नेपाल प्रहरीको एआईजी पछी डिआईजीको प्रतिस्पर्धा सुरु

Logo
प्रकाशित मंगलबार, जेठ १०, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीमा सहज रुपमा एआइजी बढुवा सिफारिस भएको छ । पाँच रिक्त पदमा पाँचै जना डिआइजी मात्र प्रतिस्पर्धी भएपछि बढुवामा ठूलो समस्या भएन । को पहिलो नम्बरमा हुने भन्ने प्रतिस्पर्धा थियो । जसमा यसअघि अन्यायमा परेका उत्तमराज सुवेदीलाई राखेर सरकारले थोरै भएपनि सुवेदीलाई न्याय दिएको छ ।

तर, अब डिआइजी बढुवा भने सहज रुपमा हुने देखिदैन । अब हुने डिआइजी बढुवाले ९ महिनापछिको आइजिपीको भाग्यसमेत तय गर्ने भएकाले बढुवामा तिव्र प्रतिस्पर्धा देखिएको छ । केही एसएसपीहरू त अस्वस्थ्य चलखेलमै लागेका छन् । पैसा र पावरको भरमा शक्तिकेन्द्रलाई हातमा लिएर बढुवा हुन केही एसएसपी सक्रिय भएपछि इमान्दार एसएसपीहरू तनावमा परेका छन् ।

नेपाल प्रहरीमा डिआइजीका १७ दरबन्दी रिक्त भएका छन् । जसमा मुख्यगरी १७ एसएसपीबीच प्रतिस्पर्धा छ । एकातर्फ बढुवामा तीन जनाभित्र पर्न प्रतिस्पर्धा छ भने, अर्काेतर्फ १७ भित्र पर्न पनि त्यतिकै महासंग्राम छ ।

एसएसपी बढुवा हुँदा पहिलो लटमा परेका १३ जनाको टोली डिआइजी बढुवामा प्रमुख दाबेदार छन् । जसमा सन्दीप भण्डारी, टेक प्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, रामदत्त जोशी, दिपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोख्रेल, टेक बहादुर तामाङ, बसन्त बहादुर कुँवर र भिम प्रसाद ढकाल छन् । यही टोलीभित्र टप ३ मा पर्न चर्काे प्रतिस्पर्धा छ । त्यसपछि १४ जनाको टोली पनि अहिले डिआइजी हुने लाइनमा छ । जसमा जनक भट्टराई, विष्णु कुमार केसी, भरत बहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह, रबिन्द्र केसी, राजेशलाल बाँस्तोला, किरण राणा, लालमणि आचार्य, यज्ञबिनोद पोखरेल, चन्द्रकुबेर खापुङमध्ये केहीको अहिलेको सत्ता गठन्धनसँग निकटता भएकाले उनीहरु लबिइङमा लागेका छन् ।

गत वर्ष एसएसपी भएका कृष्ण कुमार महत, गोविन्द कुमार साह, उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्र प्रसाद मैनाली, कृष्णहरी शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुइँटेल र मोहन प्रसाद पोख्रेल, विकासराज खनालमध्ये पनि केही पर्न सक्ने बताइन्छ ।

उता एआइजी बढुवामा समस्या नभएपनि पदस्थापन र सरुवामा प्रतिस्पर्धा छ ।

एआइजीको पहिलो रोजाई उपत्यका प्रहरी कार्यालयको प्रमुखमा हो । जसमा हाल त्यही कार्यरत उत्तमराज सुवेदीसहित सहकुल थापादेखि रबिन्द्र धानुक दाबेदार छन् । त्यसपछिको रोजाईमा मानव स्रोत विकास विभाग, प्रशासन विभाग र प्रहरी एकेडेमी हुने गरेको छ । कार्य र अपराध अनुसन्धान विभागमा बस्न एआइजीहरु रुचाउने गरेका छैनन् ।

अर्काे एक दरबन्दी प्रदेश समन्वय कार्यालयमा छ । आइजिपी बढुवाविरुद्ध मुद्दा लडेका विश्वराज पोखरेललाई सो कार्यालयमा सरुवा गर्ने तयारी भइरहेको छ ।
त्यस्तै, एआइजी बढुवासँगै तीन प्रदेशमा प्रहरी नेतृत्व रिक्त भएको छ । प्रदेश नम्बर १ मा कार्यरत अरुण कुमार बिसी, बागमती प्रदेशमा कार्यरत पूजा सिंह र गण्डकी प्रदेशमा कार्यरत दिवेश लोहनी एआइजी बढुवामा सिफारिस भएका हुन् । अब नयाँ डिआइजी बढुवा भएपछि मात्र प्रदेश पठाउने सम्भावना छ । दृष्टि-न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

error: Content is protected !!