२२ चैत्र २०८२, आइतबार
05-04-2026 , Sun
×

दाङमा बलात्कारका दोषीलाई सर्बोच्च अदालतले १६ वर्ष कैद पिडितलाई न्याय’

Logo
प्रकाशित शुक्रबार, जेठ १३, २०७९


(ABC=SANCHAR)
काठमाडौं । दाङमा एक किशोरीलाई अपहरण गरी सामुहिक बलात्कार गरेको मुद्दाका दोषीहरुलाई जिल्ला र पुनारावेदन अदालतले फैसला गरेको सजायमा न्यून देखिएको भन्दै सर्वोच्चले थप सजायको फैसला गरेको छ ।

०६७ सालमा रुकुमको चुनवाङकी १८ वर्षकी लक्ष्मी आफ्ना केटा साथीसँग दाङको तुलसीपुरस्थित कृष्णसागर होटलमा बसेकी थिइन् । होटलमा होहल्ला गर्दै बसेका १० जना केटाहरूले टीभीको आवाज ठूलो बनाएर माथिल्लो तलासम्म डिस्टर्ब गरेपछि लक्ष्मीका केटा साथीले होटल साहूलाई गुनासो गरे ।

त्यसलगत्तै ती केटाहरू उनीमाथि जाइलागे । कुटपिट गरेर छाडिदिए तर लक्ष्मीलाई भने जबर्जस्ती उठाएर साबिक तुलसीपुर नगरपालिकाको वडा नं. ५ र ९ को बीचमा पर्ने पातुखोला किनारमा पु¥याएर रातभर सामूहिक बलात्कार गरे । त्यसमा संलग्न भएकामध्ये तीन जनालाई सर्वोच्चले १६ वर्षको कैद सजाय सुनाएको छ ।

न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासले दाङको साबिक मानपुर गाविसका सुनील वली, बुद्धिप्रकाश केसी र यादव टन्डनलाई अपहरण र सामूहिक बलात्कारमा कैद सजाय सुनाएको हो । तत्कालीन समयमा प्रचलित मुलुकी ऐनअनुसार बलात्कारमा पाँच वर्ष, सामूहिक रूपमा उक्त अपराध गरेकाले थप पाँच वर्ष, अपहरणमा चार वर्ष र सामूहिक रूपमा उक्त कसुर गरेकाले थप दुई वर्ष गरी जम्मा १६ वर्षको कैद सजाय सुनाएको हो ।

त्यही अपराधमा संलग्नमध्ये दाङको मानपुरका चन्द्र बीएम र उरहरिका नवीन बस्नेत अहिलेसम्म पनि फरार छन् । फरार रहेकाले सामूहिक बलात्कारको अपराधमा उनीहरूको भूमिकाबारेको मुद्दालाई जिल्ला अदालतले मुल्तबीमा राखेको छ । उनीहरू पक्राउ परेपछि त्यसमा सुनुवाइ हुनेछ ।

तर, अपहरण तथा शरीर बन्धक मुद्दामा फरार रहेका अभियुक्तलाई पनि प्रमाणको मूल्यांकन गरेर सजाय दिन सकिने, मुल्तबीमा राख्न नपर्ने कानुन छ । त्यसैले सर्वोच्च अदालतले उनीहरूलाई सामूहिक अपहरणमा ६ वर्षको कैद सजाय तोकेको छ । उनीहरू पक्राउ नै नपरेकाले यसको असुल गर्न भने गाह्रो छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सार्वजनिक सेवा प्रवाह समस्या हुने गरी विभिन्न क्रियाकलाप गर्ने विरुद्ध ‘अप्रेसन’ चलाउन प्रहरीले परित्रप गरेको छ भने काठमाडौँ मात्रै पछिल्लो २४ घण्टामा १५० जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न क्षेत्रमा गुण्डागर्दी एवं यात्रुलाई दुःख दिने व्यक्तिलाई विशेष अप्रेसनमार्फत पक्राउ गर्न थालिएको […]

काठमाडौं । गुन्डागर्दीमा संलग्न युवाले काठमाडौं छाड्न थालेका छन् प्रहरीले पक्राउ अभियान चलाएसँगै यस्ता पृष्ठभूमिका युवाले काठमाडौं छाड्न थालेका हुन् । प्रहरीले पक्राउ गर्ने सूचनापछि सिन्धुपाल्चोक घर भई बौद्धमा बसोबास गर्दै आएका कबित कटुवाल काठमाडौंबाट भागेको प्रहरीले जनाएको छ । कटुवाललाई केही महिनाअघि ललितपुर प्रहरीले समेत पक्राउ गरेको थियो । पछिल्लो समय मिटरब्याज र धाकधम्कीमा […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ को तेस्रो केन्द्रीय महाधिवेशन सौराहामा सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूको उल्लेखनीय सहभागितामा सम्पन्न महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै फोटो पत्रकारिताको सुदृढीकरण, पेशागत हकहित संरक्षण तथा प्रविधिमैत्री अभ्यासलाई प्राथमिकतामा राख्ने महत्वपूर्ण निर्णयहरू गरेको छ। महाधिवेशनको उद्घाटन चितवनका सिडियो गणेश अर्यालले गरेका थिए। उद्घाटन मन्तव्यका क्रममा उनले फोटो पत्रकारिता लोकतन्त्रको […]

error: Content is protected !!