१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

गायक रमेश के. सिंहकाे गीत छाडी जाने बजारमा सार्वजनिक

Logo
प्रकाशित शुक्रबार, जेठ १३, २०७९

(तुफानबाबु श्रेष्ठ)
दाङ । तुलसीपुर छाडी जाने मायालुलाई सम्झी नबस तिमीले,
सपनीमा आउने उसलाई मनमा नराख कसैले,
पहिले पहिले आँखा जुधाउँछन् सुस्तसुस्त दिलमा सजाउँछन्
आफ्नो स्वार्थ पूरा भएपछि दूरी बढाउँछन्, चिन्न डराउँछन्।
नेपाली गीत संगीतको आकाशमा सल्यान जिल्लाले फेरि अर्को फड्को मार्न सफल भएको छ। यसै क्रममा नेपाली सुगम तथा आधुनिक संगीतको धारलाई पहिल्याउदै सल्यान खलंगा निवासी युवा गायक रमेश के. सिंहले आफ्नै शब्द अनि आवाजमा “छाडी जाने मायालु….” बोलको गीत ओआरएस डिजिटल मार्फत बजारमा ल्याएका छन्। लोक दोहरीको व्यापक बाहुल्यता रहेको पश्चिम नेपाली सांगितिक बजारमा गायक रमेशले आधुनिक र स्लो रकको फ्युजनमा तयार पारेको यो गीतलाई चुनौतीको रुपमा हेरिएको छ। युवा पिढिमा देखिने मानविय सम्वेदना, प्रेम, रोमान्स, आशंका अनि बिछोड यो गीतको मुख्य भाव रहेको छ। जे-जति बिध्न बाधा आईपरे पनि जीवनलाई सहज रुपमा जिउनु पर्छ भन्ने आशय गीतले ब्यक्त गरेको छ। सल्यानका बरिष्ठ संगितकार तथा गायक चेतन राईले निर्देशन गरेको गीतलाई बिजेश्वर तन्डुकारले संयोजन गरेका छन्। गीतको भिडियोमा सल्यानका सम्यम सिंह र मोडेल रक्षा सापकोटाले अभिनय गरेका छन् भने सहायक भुमिकामा प्रेमिका शर्मालाई देख्न सकिन्छ। गीतको प्रोजेक्ट म्यानेजर बिक्रम तामाङ हुन् भने श्रिङ्गगार दिया मिश्रको रहेको छ। काठमाण्डौमा छायाङ्कन गरिएको गीतको सहायक छायाङ्कन विशाल थापा हुन् भने छायाङ्कन र सम्पादनमा प्रमुख भुमिका फराज अर्पणको रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

केही दिन यता ठगहरूले गर्ने ३ वटा सबैभन्दा धेरै प्रयोग हुने जाल तपाईंको खाता बन्द हुन्छ बैंक, इन्स्योरेन्स, NTC, Ncell को नाममा फोन लक्की ड्रमा पर्नुभयो, उपहार पठाउँछु त्यसको लागि OTP माग्ने SCREEN SHARE गरिदिनुस्” AnyDesk, TeamViewer जस्ता एप डाउनलोड गर्न लगाएर तपाईंको फोन आफैं चलाउने OTP नभन्नुस् बैंक र वालेटले कहिल्यै फोन गरेर OTP […]

बाँके । नेपालगन्ज भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा नेपालगन्ज भन्सार कार्यालयमा तोडफोड र आगजनी हुँदा ६ करोड १६ लाख ५२ हजार ८०८ रुपैयाँ बराबरको नोक्सान भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार चिफ जनार्दन पौडेलले बताएका छन । नोक्सानको विवरणमा के-के परे होलान् भवन र फर्निचर कार्यालयको संरचना,कम्प्युटर कागजात सवारी साधन भन्सार र राजस्वका […]

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा प्रहरी भन्दै नक्कली रिभल्भर देखाएर सर्वसाधारणसँग रकम असुल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१३ घर भई हाल ओमसतिया गाउँपालिका–४ बालापुरमा बस्दै आएका ४९ वर्षीय राकेश प्रताप राणा रहेका छन् । सिद्धार्थनगर–१३ शान्तिनगर र भैरहवा बजार क्षेत्रमा पेस्तोल देखाएर सर्वसाधारणसँग १० हजार रुपैयाँ मागिरहेको […]

error: Content is protected !!