११ आषाढ २०८३, बिहिबार
25-06-2026 , Thu
×

नेपाल पत्रकार महासंघको सदस्य रहेका सम्पूर्ण जनप्रतिनिधीको सदस्यता खारेज

Logo
प्रकाशित सोमबार, जेठ १६, २०७९

(ABC=SANCHAR)
काठमाडौं । नेपाल पत्रकार महासंघले केन्द्र देखि स्थानीय तह सम्मका निर्वाचित जनप्रतिनिधीको सदस्यता खारेज गर्ने निर्णय गरेको छ । गत बैशाख ३० को स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका महासंघको पदीय जिम्मेवारीमा रहेका सवै उम्मेदवार (निर्वाचित, फिर्ता या पराजित जुन कुनै भएपनि) उनीहरुलाई पदमुक्त गर्ने निर्णय गरेको महासंघले संघीय संसद र प्रदेश सांसदमा निर्वाचित भएकाहरुको पनि एकमुष्ठमा सदस्यता खारेज गर्ने निर्णय गरेको हो ।

महासंघले राजनीतिमा प्रत्यक्ष लागेकाहरुको सदस्यता खारेज नगरेको भनी आलोचना खेपिरहेका बेला यो खालको कडा निर्णय गरेको हो । महासंघको यो निर्णयपछि संघीय सांसद रहेका पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा देखि अहिले स्थानीय तह निर्वाचनमा उम्मेदवार बनी जितेका ८१ जना पत्रकार सम्मको सदस्यता खारेज भएको छ ।

महासंघको जेठ १५ गते काठमाडौंमा बसेको उपलब्ध केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।

पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा पत्रकार महासंघको काठमाडौं जिल्ला शाखाका सदस्य थिए । अव उनको सदस्यता खारेज भएको छ । पहिलो चरणमा पत्रकार महासंघको केन्द्र, प्रदेश, जिल्ला, प्रतिष्ठान र एसोशियट शाखामा कार्यसमिति भित्र रहेका पत्रकारहरुले स्थानीय तह चुनावमा उम्मेदवार दिएको मात्र भएपनि स्वत पदमुक्त गर्ने निर्णय महासंघले गत बैशाख ८ गते नै पदाधिकारी बैठकबाट गरेको थियो ।

अहिले उम्मेदवार भएका पत्रकार महासंघको साधारण सदस्य सम्मका सवैको सदस्यता स्वत खारेज गर्ने निर्णय गरेको हो । यसो गर्दा महासंघको केन्द्रीय अभिलेखमा रहेका ८१ जना पत्रकारहरुको सदस्यता स्वत खारेज भएको महासंघका महासचिव रोसन पुरीले जानकारी दिए ।

त्यस्तै उम्मेदवारी दिएका तर फिर्ता वा पराजित भएका साधारण सदस्यहरुको हकमा महासंघको विधानमा व्यवस्था भएअनुसार आचारसंहिता तथा अनुगमन विभागमार्फत प्रक्रिया थाल्ने निर्णय पनि महासंघले गरेको छ ।

महासंघ केन्द्रकै दुई केन्द्रीय सदस्य सहित ३० जना पत्रकारले भने पदीय जिम्मेवारीवाट राजीनामा दिएर चुनाव लडन गएकोमा उनीहरुको राजीनामा पनि स्वीकृत गरिएको छ ।

यस्तो छ महासंघले गरेको निर्णय :

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको काठमाडौंमा उपलब्ध पदाधिकारी तथा सदस्यहरूको बैठक २०७९ जेठ १५ गते महासंघका अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा बस्यो । बैठकले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा महासंघका सदस्यता लिएका करिव २०० जना पत्रकारले उम्मेदवारी दिएका र तीमध्ये ८१ जना निर्वाचित हुन गएको सन्दर्भमा व्यापक छलफल गरी निम्न निर्णयहरू गरेको जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।महासंघको सदस्य रहेका संघीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूको महासंघको सदस्यता स्वतः खारेज हुने बैठकले निर्णय गरेको छ ।
२) स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका केन्द्र, प्रदेश र शाखाको पदाधिकारी तथा कार्यसमिति सदस्यहरू स्वतः पदमुक्त हुन गएकोले विधानको व्यवस्थाअनुसार गर्न गराउन बैठकले केन्द्र, प्रदेश र शाखालाई सूचित गर्ने निर्णय गरेको छ ।
३) बैठकले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिनका लागि महासंघको विभिन्न तहबाट राजीनामा दिएका दुई केन्द्रीय सदस्यसहित ३० सदस्यहरूको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।
४) स्थानीय तहको निर्वाचनमा महासंघका साधारण सदस्यहरूले पनि उम्मेदवारी दिएको हकमा विधानमा व्यवस्था भएअनुसार आचारसंहिता तथा अनुगमन विभागमार्फत प्रक्रिया थाल्ने निर्णय गरियो ।
५। बैठकले विभिन्न सञ्चार प्रतिष्ठानहरूमा विद्यमान श्रम समस्याहरू समाधानका निम्ति सशक्त ढंगबाट अगाडि बढ्ने निर्णय गरेको छ । त्यसका लागि सम्वाद, छलफल, कानुनी प्रक्रिया र संघर्षका कार्यक्रमलाई एकसाथ लैजाने निर्णय गरेको छ ।
६) विभिन्न सञ्चार प्रतिष्ठानमा श्रमजीवी पत्रकारका सवालमा महासंघसँग भएका सहमति कार्यान्वयन नभएकोप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको छ । तत्काल सहमति कार्यान्वयन नभएमा थप दबाबमूलक कार्यक्रम गर्ने बैठकले निर्णय गरेको छ ।
७) स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोग, प्रेस काउन्सिल नेपाललगातका निकायहरूको भूमिकाको बारेमा समीक्षा गर्दै बैठकले ती निकायहरूसँग छलफल गर्ने निर्णय गरेको छ ।

रोसन पुरी
महासचिव

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । सोझा जनतालाई ठग्ने चोर/फटाहा कर्मचारीहरू जनता आउदैछन् ताला लगाउन। मुर्दावाद आर्थिक प्रशासन! मुर्दावाद प्रमुख प्रशासक!!” वडाध्यक्ष अधिकारीले आफैले यस्तो सार्वजनिक गुनासो गर्नु भनेको अवस्था निकै गम्भीर छ भन्ने प्रस्ट हुन्छ। जनताको सबैभन्दा नजिकको सरकार वडा हो। त्यही वडाबाट “जनता ताला लगाउन आउँदैछन्” भन्ने आवाज निस्कियो भने प्रशासनमा ठूलो समस्या छ। सेवा प्रवाहमा ढिलाइ […]

कपिलवस्तु । भाइरल पहाडको छेउमा, पुल तल सुन्दर रमणीय झरना नुहाउने ठाउँ भनेर वर्णनले नै मन तानिसक्यो। भालुवाङ जाँदा दाङ र कपिलवस्तुमा रहेकोे त्यो भाइरल पहाड सबैले फोटो खिच्छन्, तर पुल तल यस्तो झरना छ भनेर धेरैलाई थाहै हुँदैन। सजिलो पहुँच सडक खण्डको पुलमुनि नै छ, धेरै हिँड्न पर्दैन प्राकृतिक स्विमिङ पुल चट्टानले घेरिएको कुण्डमा […]

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जेठ महिनामा सम्पन्न भएका प्रहरी गतिविधि तथा शान्ति सुरक्षा अवस्थाबारे प्रेसमिटमार्फत जानकारी सार्वजनिक गरेको छ।प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंह ले जिल्लामा अपराध नियन्त्रण, लागूऔषध विरुद्धको अभियान, फरार प्रतिवादी पक्राउ, ट्राफिक कारबाही तथा विभिन्न सुरक्षा गतिविधिबारे जानकारी गराउनुभयो।

error: Content is protected !!