२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

आइजिपी सिंह आए पछी शक्तिकेन्द्र धाउने अधिकृतहरुको रेकर्ड राख्दै प्रहरी प्रधान कार्यालय

Logo
प्रकाशित सोमबार, जेठ १६, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीमा शक्तिकेन्द्रको हस्तक्षेपले सीमा नाघेको विषय ‘ओपन सेक्रेट’जस्तै छ । शैलेश थापा प्रहरी प्रमुख हुँदा प्रहरी अधिकृतहरु भन्थे– आईजीपीकहाँ गएर न सरुवा हुन्छ, न बढुवा । दर्जाअनुसार शक्तिकेन्द्रमा धाउने चलन प्रहरीमा दाल–भातजस्तै भएको छ । तर, अहिलेका प्रहरी प्रमुख धिरज प्रताप सिंहले सो संस्कारलाई ‘ब्रेक’ गर्न खोजेका छन् । सिंहलाई वैशाख १८ मा मन्त्रिपरिषद्ले २९ औं प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको थियो ।

आईजीपी भएपछि सिंहले शक्तिकेन्द्र धाउने प्रहरी कर्मचारीको ‘रेकर्ड’ राख्न आफ्नो सचिवालयलाई निर्देशन दिएका छन् । आफू अनुकूलको निर्णय गराउन संगठन बाहिरबाट दबाब दिनेहरूलाई ‘नोटिस’मा राख्न थालिएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु केसीले बताए ।

रातोपाटीसँग कुरा गर्दै केसीले भने, ‘काम गर्नेलाई संगठनले नै पहिचान गरेर अवसर दिन्छ ।’

गृह–सचिव नेतृत्वको बढुवा समितिले जेठ ९ मा ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको थियो । एआईजी बढुवा समितिको सदस्य–सचिव आईजीपी हुन्छन् । वरीयता अनुसार बढुवा सिफारिस गरिएको हुनाले सो बढुवा ‘सुनौलो’ रहेको जानकारहरु बताउँछन् ।

पद दुरुपयोग गर्नेलाई धमाधम कारवाही

आईजीपी सिंह गलत काम गर्ने प्रहरी कर्मचारीविरुद्ध आक्रामक भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा कार्यरत इन्स्पेक्टर राजु प्रसाद कुर्मीलाई बर्खास्त गर्न सिफारिस गरिएको छ । अहिले उनी निलम्बनमा छन् । जेठ २० मा निलम्बनको अवधि सकिनुअघि प्रहरी प्रधान कार्यालयले उनलाई बर्खास्त गर्न गृह मन्त्रालयमा सिफारिस गरेको छ ।इन्स्पेक्टर कुर्मीलाई बर्खास्त गर्न मन्त्रालयमा लेखेर पठाइएको प्रहरी प्रवक्ता केसीले जानकारी दिए । कुर्मीले तराईका जिल्लाहरुका प्रहरी युनिटबाट पैसा उठाउने गरेको आरोप छ । रातो-पार्टीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

error: Content is protected !!