२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

नायिका मिरुना मगरलाई दूर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा रिहा

Logo
प्रकाशित मंगलबार, जेठ १७, २०७९

(ABC=SANCHAR)
काठमाडौं । कबड्डी ४ चलचित्र हेर्न हलमा जाँदा उक्त फिल्मकी नायिका मिरुना मगरलाई दूर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा रिहा भएका छन् ।

सोमबार पक्राउ परेका लामा मंगलबार ३ हजार धरौटीमा रिहा भएका हुन् । मगरले झुटो आरोप लगाएको भन्दै उनीविरुद्ध चौतर्फी विरोध प्रदर्शन भइरहेको छ ।

आफूलाई दुर्व्यवहार गरेको भन्दै नायिका मगरले प्रहरीमा उजुरी दिएपछि सोमबार लामालाई पक्राउ गरी जनसेवा प्रहरी वृत्तमा राखिएको थियो । प्रहरीले अभद्र व्यवहारमा लामालाई पक्राउ गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

error: Content is protected !!