२२ चैत्र २०८२, आइतबार
05-04-2026 , Sun
×

बाजुरामा निर्वाचन विवाद भएपछि सीडीओ र जनपदका एसपी र सशस्त्रका एसपी तानिए

Logo
प्रकाशित शुक्रबार, जेठ २०, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । सरकारले बाजुराका प्रमुख जिल्ला अधिकारी (सिडिओ), सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुख परिवर्तन गरेको छ ।
बुथ कब्जाका कारण निर्वाचनमा विवाद र स्थगित भएपछि सरकारले निर्वाचन आयोगको सिफारिसमा उनीहरुलाई परिवर्तन गरेको हो । निर्वाचन आयोगले बाजुरामा पुनः चुनाव गराउने तयारी गरेको छ ।
गृह मन्त्रालयका अनुसार प्रकाशचन्द्र अधिकारीलाई सिडिओको जिम्मेवारी दिइएको छ । सशस्त्र प्रहरी प्रमुखमा गंगादत्त पन्त र नेपाल प्रहरी प्रमुखमा प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापालाई जिम्मेवारी दिइएको छ ।
यसअघि प्रजिअ उपेन्द्रराज पौडेल, सशस्त्र प्रहरी उपरीक्षक दीपक विष्ट र नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक चतुर्भुज ओझा कार्यरत थिए ।

बाजुराको बुढीगंगा नगरपालिकामा गत ३० वैशाखमा भएको निर्वाचनमा कांग्रेसले नेकपा एमालेका कार्यकर्ताले बुथ कब्जा गरेको आरोप लगाएको छ । एमालेले भने सत्ताको दुरूपयोग गर्दै कांग्रेसले बुथ कब्जा गरेको आरोप लगाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इरानले अमेरिकी दुई युद्ध विमान खसाल्नु पछिल्लो २० वर्षयताकै दुर्लभ घटना भएको जनाइएको छ । यस घटनाले इरानको प्रतिकार क्षमता अझै कायम रहेको देखाएको विश्लेषण गरिएको छ । रिपोर्टअनुसार इरानले अमेरिकी लडाकु विमान खसाल्दा एक सैनिकलाई उद्धार गरिएको छ भने अर्का एक अझै बेपत्ता छन् र उहाँको खोजी जारी रहेको छ । इरानी […]

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा आइतबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ४२औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी अस्पतालमा आउने सेवाग्राहीको सेवा एवम् सुविधाको हेतुले अस्पताल परिसरमा नवनिर्मित Intrauterine Insemination (IUI) & In vitro Fertilization (IVF) ल्याबको उद्‍घाटन गर्नुका साथै उक्त ल्याबको अवलोकन […]

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले ३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै उनले यस्तो टिप्पणी गरेका हुन् ! उनले लेखेका छन्, ३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ! शपथ खाएको २४ घण्टानबित्दै एक्सनमा उत्रिएका गृहमन्त्री गुरुङकै अगुवाइमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको छ! त्यस्तै, […]

error: Content is protected !!