२७ जेठ २०८३, बुधबार
10-06-2026 , Wed
×

इरानले फेरि अमेरिकी दुई युद्ध सैन्य विमान धोस्त गर्‍यो,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, चैत्र २२, २०८२

एजेन्सी । इरानले अमेरिकी दुई युद्ध विमान खसाल्नु पछिल्लो २० वर्षयताकै दुर्लभ घटना भएको जनाइएको छ । यस घटनाले इरानको प्रतिकार क्षमता अझै कायम रहेको देखाएको विश्लेषण गरिएको छ ।

रिपोर्टअनुसार इरानले अमेरिकी लडाकु विमान खसाल्दा एक सैनिकलाई उद्धार गरिएको छ भने अर्का एक अझै बेपत्ता छन् र उहाँको खोजी जारी रहेको छ । इरानी सञ्चारमाध्यमले अर्को एक आक्रमण विमान पनि खसालिएको दाबी गरेका छन् ।

सैन्य विज्ञहरूका अनुसार यसअघि सन् २००३ मा इराकमाथि आक्रमणका क्रममा अमेरिकी युद्धविमान शत्रुपक्षबाट खसालिएको थियो । त्यसयता यस्तो घटना भएको थिएन ।

विशेषज्ञहरूका अनुसार पछिल्ला वर्षहरूमा अमेरिका मुख्यतः कमजोर हतियार भएका विद्रोही समूहसँग लड्दै आएको थियो, जसले यस्ता आक्रमण गर्न सक्ने क्षमता राख्दैनथे । तर इरानसँग भने हवाई प्रतिरक्षा प्रणाली रहेकोले यस्तो घटना सम्भव भएको बताइएको छ ।

इरानमाथि एक महिनाभन्दा बढी समयदेखि अमेरिका र इजरायलले निरन्तर हवाई आक्रमण गरिरहेका छन् । यद्यपि ती आक्रमणपछि पनि इरानले क्षेप्यास्त्र र मानवरहित यानमार्फत प्रतिकार जारी राखेको छ ।

अमेरिकी सेनाले इरानविरुद्ध हजारौँ उडान अभियान सञ्चालन गरी हजारौँ लक्ष्यमा आक्रमण गरेको जनाएको छ । यसले क्षेत्रीय तनाव मात्र होइन, विश्व अर्थतन्त्रमा समेत प्रभाव पारेको छ ।

विश्लेषकहरूका अनुसार हवाई क्षेत्रमा वर्चस्व कायम राख्नु र पूर्ण नियन्त्रण हासिल गर्नु फरक कुरा भएकाले हालको अवस्थाले युद्ध अझ जटिल बन्दै गएको संकेत दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपालगन्ज भारतसँग जोडिएको प्रमुख नाका जमुनाहा भएकाले यहाँ लामो समयदेखि अनौपचारिक रूपमा भारतीय रुपैयाँ (भारु) र नेपाली रुपैयाँको सटही हुँदै आएको छ। *कहाँ-कहाँ हुन्छ:* जमुनाह नाका, न्यूरोड, त्रिभुवन चोक, बसपार्क, सदरलाइन र सीमा आसपासका पसल, होटल, सुनचाँदी पसल र कतिपय किराना पसलमै पनि खुलेआम बोर्ड नराखी सटही गर्ने गरेको पाइन्छ। १०० भारु […]

दाङ । यतिबेला घोराही दाङको सन्दर्भमा सबिन प्रियासन निकै नै चर्चामा छन्। सम्भवत उनी नपुगेको ठाउँ, उनी नपुगेको कार्यक्रम हुँदैन होला ? उनको सृजनशील कामहरू सामाजिक सञ्जाल अनि संचार माध्यमहरुमा घण्टै पिच्छे आइरहन्छ। एक प्रकारले लाग्छ सामाजिक सञ्जाल अनि संचार माध्यमहरू उनकै कामको बारेमा पोस्ट गर्नका लागि बनेका हुन्। घोराही उपमहानगरपालिकाको आगामी स्थानीय तह निर्वाचनलाई […]

नेपालका धेरै सहरहरूले आफ्नो विकासको आधार उद्योग, व्यापार वा प्रशासनिक केन्द्रलाई बनाएका छन्। तर घोराहीसँग एउटा यस्तो सम्पदा छ, जसले धार्मिक आस्था, सांस्कृतिक इतिहास, प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनालाई एकै ठाउँमा जोड्न सक्छ। त्यो हो घोराही धार्मिक–पर्यापर्यटकीय सर्किट। घोराही क्षेत्रमा रहेका धार्मिक, ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक गन्तव्यहरूलाई एउटै पर्यटन मार्गमा जोडेर विकास गर्न सकियो भने […]

error: Content is protected !!