२२ चैत्र २०८२, आइतबार
05-04-2026 , Sun
×

सिन्धुलीमा सशस्त्र प्रहरी जवानले आफैले बोकेको हतियारले आफैलाई गोली हाने

Logo
प्रकाशित शनिबार, जेठ २१, २०७९

ABC (क्राईमबिट)
सुन्धुलीमा । कमलामाई नगरपालिका–११ घर भएका मदन श्रेष्ठ गम्भीर घाइते भएका छन् । श्रेष्ठ सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण काभ्रे दरबन्दी भई हाल स.प्र.बल आश्रित गुल्म सिन्धुलीमा कार्यरत थिए ।

१३ वर्षीय श्रेष्ठ कमलामाई–५ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय सुरक्षार्थ हतियारसहित खटिएका थिए । राति ९ देखि १२ बजेसम्मको डिउटीमा रहेका उनले साढे १० बजेतिर सोही कार्यालयको प्रशासनिक भबनको शौचालयमा गई आफूले बोकेको एसएमजीबाट आफैलाई चिउडोमा गोली फायर गरेका थिए ।

उनलाई जिल्ला अस्पताल सिन्धुलीमा लगिएकोमा सामान्य उपचारपछि थप उपचारका लागि सशस्त्रको काठमाडौं बलम्बुस्थित अस्पतालमा ल्याएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार उनको अवस्था गम्भीर छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इरानले अमेरिकी दुई युद्ध विमान खसाल्नु पछिल्लो २० वर्षयताकै दुर्लभ घटना भएको जनाइएको छ । यस घटनाले इरानको प्रतिकार क्षमता अझै कायम रहेको देखाएको विश्लेषण गरिएको छ । रिपोर्टअनुसार इरानले अमेरिकी लडाकु विमान खसाल्दा एक सैनिकलाई उद्धार गरिएको छ भने अर्का एक अझै बेपत्ता छन् र उहाँको खोजी जारी रहेको छ । इरानी […]

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा आइतबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ४२औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी अस्पतालमा आउने सेवाग्राहीको सेवा एवम् सुविधाको हेतुले अस्पताल परिसरमा नवनिर्मित Intrauterine Insemination (IUI) & In vitro Fertilization (IVF) ल्याबको उद्‍घाटन गर्नुका साथै उक्त ल्याबको अवलोकन […]

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले ३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै उनले यस्तो टिप्पणी गरेका हुन् ! उनले लेखेका छन्, ३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ! शपथ खाएको २४ घण्टानबित्दै एक्सनमा उत्रिएका गृहमन्त्री गुरुङकै अगुवाइमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको छ! त्यस्तै, […]

error: Content is protected !!