२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

आइजीपी नियुक्तीबारे बरिष्ठ पत्रकार दाहालको टिप्पणी सरकारले बाहुनमाथि अन्याय गर्यो

Logo
प्रकाशित सोमबार, जेठ २३, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । हिमालय टाइम्स दैनिक पत्रिकाका सम्पादक तथा बरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले नेपाल प्रहरीको आइजीपी नियुक्तीमा सरकारले ‘बाहुनमाथि अन्याय’ गरेको बताएका छन् ।

सरकारले नेपाल प्रहरीका एआइजी धिरजप्रताप सिंहलाई प्रहरी महानिरिक्षकमा नियुक्ती गरेपछि कांग्रेसको पुराना नेता समेत रहेका दाहालले यस्तो बताएका हुन् । उनले एआइजी विश्वराज पाखरेल ब्राम्हण भएका कारण प्रधानमन्त्री शेरबहादुर देउवाले बढुवा नगरेको आरोप लगाएका छन् ।

‘अहिले प्रहरी महानिरीक्षक नियुक्तिमा तत्कालको वरियतालाई मिचेर कसैका आफन्त खुसी गराउन कसैका घर प्रसन्न राख्न र भनिन्छ अरु पनि केही सेटिङ्का आधारमा चलखेल भएको छ । प्रधानमन्त्री देउवाको पछिल्लो समय प्रहरी बारे किन विवादास्पद निर्णय ? त्यो पनि चुनावका मुखमा । गठबन्धनका नेता, गृहमन्त्री , गृह प्रशासन , पार्टीका प्रभावशाली पदाधिकारीहरुपनि यस्तो अन्याय गर्न प्रधानमन्त्रीलाई उक्साइ रहनु भएको छ कि ? नत्र क्रम सहितको विधि भङ्ग गरी विश्वराज पोख्रेललाई पाखा लगाएर कुनै सिंहलाई प्रमुख नियुक्त गरियो ? विश्वराज सुदुर पूर्वी पहाड ओखल्ढुङ्गाको सामान्य किसान बाहुन परिवारको सदस्य नभएर कुनै सुदुर पश्चिमको कुनै ठकुरी बाबुसाहेव परिवारमा जन्मेको भए यसरी पेलिन्थ्यो त ? अब जवाफ खोज्न थाले भएको छ,’ उनले सामाजिक संजालमा लेखेका छन्,‘सरकारका लागि मात्रै भएको गठबन्धन चुनावी तालमेलमा परिणत गरेपछि कांग्रेसको चुरो मरेको अनुभव धेरैले गरिरहेका छन् । प्रहरी महानिरीक्षक प्रकरणमा भएको यस्तो अन्याय आगोमा घिउ थप्न पर्याप्त छ ।’

तर, दाहालले भनेजस्तै सरकारले बरियतामा कनिष्ठ रहेका धिरज प्रतापलाई नियुक्त गरेको होइन । नियुक्तीको आधारमा दुबै जना समान बरियतामा थिए । २०४९ चैत्र ११ मा पोखरेल र सिंह एकैसाथ प्रहरी निरिक्षकमा प्रवेश गरेका थिए । डिएसपी बढुवामा त धिरज एक नम्बरमा थिए । त्यस्तै एसपी बढुवामा पनि उनी एक नम्बरमै थिए । तर, एसएसपी बढुवामा भने बरियतामा निकै पछाडी रहेका पोखरेल राजनीतिक फेरो समातेर एक नम्बरमा आएका थिए । त्यसपछि काभ्रेमा भएको सवारी दुर्घटनामा निधन भएका एक डिआइजीको स्थामा उनी तत्कालिन केपी ओली सरकारको चाकडी गरेर बढुवा भएका थिए । जबकी उनीभन्दा १ ब्याच सिनियर १० जना एसएसपीहरु हुँदा हुँदै सरकारले बरियता मिचेर उनलाई बढुवा गरेको थियो । डिआइजी पदमा रहेका पोखरेललाई गृहजिल्ला ओखलढुंगाका नेता तथा उपप्रधान मन्त्री ईश्वर पोखरेलले गृहमन्त्री रामबहादुर थापा बादललाई समेत थाहा नदिई एआइजीको दरबन्दी थपेरै बढुवा गरिदिए । त्यतिबेला संसदको राज्य व्यवस्था समितिले उनको बढुवा नगर्न निर्देशन समेत दिएको थियो । तर, राजनीतिक पहुँचकै आधारमा बढुवा भएका उनीबारे केही मिडिया बाहेक मूलधारको मिडिया चुपचाप बसेको थियो । अहिले सरकारले विश्वकै शैलीमा धिरजमाथि ‘न्याय’ गरेको अर्काथरीको चर्चा छ । दियो पोस्टबाट

दाहालको स्ट्याटसमा पूर्व जर्नेल राजेन्द्र थापाले कमेन्ट गरिदिएका छन् ।

‘यहाँ बाहुन र ठकूरीको सवाल नउठाउनुपर्ने । जागिर खाएदेखिको सिनियर १ नम्बरको सिंहलाई छेकेर एसएसपीदेखि पोखरेललाई अगाढी बढाउनु र दरबन्दी घटाएर एक्लो एआइजी बनाउने ईश्वर पोखरेल र केपीले के बाहुनलाई उचालेको र ठकुरी र क्षेत्रीलाई पछारेको भन्न सकिन्न र ? वास्तवमा जात भन्दा ईश्वर पोखरेलले नाता र शेरबहादुर देउवाले भेग फ्याक्टर,’ उनले लेखेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]