२३ चैत्र २०८२, सोमबार
06-04-2026 , Mon
×

वातावरण संरक्षण पत्रकार मंचले नदीमा हुने चरम दोहनलाई रोक्न गाउँपालिकाकाई ध्यानाकर्षण पत्र

Logo
प्रकाशित बिहिबार, जेठ २६, २०७९


(ABC=SANCHAR)
दाङ । गढवा गाउँपालिकालाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको छ ।संस्थाका अध्यक्ष भानु जोशी र वरिष्ठ प्रवक्ता महेश रिजाल सहितको नेतृत्वमा बुधबार पुगेको टोलिले गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल (विश्वास) र उपाध्यक्ष शारदा चौधरीलाई अध्यक्षको कार्य कक्षामा पुगेर राप्ती नदीमा मेसिन लगाएर मापदण्ड बिपरित हुने उत्खनन कार्यलाई त्यस गाउँपालिकामा नगराउन भनि ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको हो ।

उक्त ध्यानाकर्षण पत्रमा यस्तो लेखिएको छ:

उपरोक्त सम्बन्धमा दाङ जिल्लामा ८२ % चुरेक्षेत्र पर्दछ। चुरे तराईको पानीको रिचार्जका रुपमा रहेको प्राणहो। चुरे बचाउन सकिएन भने भोलि भयावह स्थिति नआउला भन्न सकिन्न।चुरेको दोहन रोक्न सकिएन भने दाङ जिल्ला मरुभूमि करण हुने प्रायः निश्चितछ। दाङ जिल्लाको देउखुरी उपत्यकामा रहेको राप्ती जलाधार पनि वर्षेनीको उत्खननले गर्दा गहिरिदै गएकोछ। देउखुरी उपत्यका सिंचित गर्ने एउटा महत्वपूर्ण जलाधार वर्षेनी मेसिनहरु प्रयोग गरेर क्रसरहरुको मिलोमतोमा खन्दा सतह गहिरिएको सर्व वितितैछ।यसको साथै खहरे खोलामा पनि मापदण्ड बिपरित उत्खनन हुँदा दिनानुदिन समस्या सृजना भएकोछ।

यसै सन्दर्भमा यो गाउँपालिकाले पनि बिगतमा मेसिन प्रयोग गरि राप्तीमा नदीजन्य बस्तुहरु निकाल्न अनुमति दिएको सर्व बितितै छ,यस वर्ष पनि यस्ता मापदण्ड बिपरितका उत्खनन हुने कार्य प्रति हाम्रो संस्था दाङ देउखुरी वातावरण संरक्षण पत्रकार मंचको गम्भीर ध्यानाकर्षण भएकोछ।बिपत ब्यबस्थापन वा अन्य कुनै नाममा नदी भित्र मेसिन प्रयोग गर्नु किमार्थ राम्रो कुराहोइन र यो चुरेको निति नियम बिपरितहो,यसले दीर्घकालीन असर पार्छ, स्थानीय सरकार पानीका स्रोत संरक्षण गर्ने, हाइड्यामको अवधारणा लागु गर्नको सट्टा बिगतमा कौडीको राजस्वका लागि मापदण्ड बिपरित मेसिनलाई इजाजत दिइ गैरजिम्मेवार भएको कुरा सर्व बितितैछ,यसका दीर्घकालीन असरलाई ध्यानमा राखी राप्ती नदी तथा अन्य खोला नालाहरुमा मेसिन प्रयोग गरेर नदीजन्य बस्तुको उत्खनन गर्नुको सट्टा उपभोक्ता हरुको मेसिन प्रयोग नगरि बैकल्पिक ब्यबस्थाबाट आवश्यकता पुरा गर्न जोडदार माग गर्दछौं। उक्त ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष यमनारायण शर्मा पोख्रेल (विश्वास)ले गढवा गाउँपालिकाको हकमा कुनै पनि मेसिनद्वारा उत्खननको लागि इजाजत नदिने प्रतिबद्धता जनाउनु भएको छ । त्यस्तै उहाँले पत्र मार्फत ध्यानाकर्षण गराएकोमा संस्थालाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा निरन्तर यसैगरी साथ र सहयोग गर्न अपिल गर्नु भयो । हेर्नुस् ध्यानाकर्षण पत्र

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इरानले अमेरिकी दुई युद्ध विमान खसाल्नु पछिल्लो २० वर्षयताकै दुर्लभ घटना भएको जनाइएको छ । यस घटनाले इरानको प्रतिकार क्षमता अझै कायम रहेको देखाएको विश्लेषण गरिएको छ । रिपोर्टअनुसार इरानले अमेरिकी लडाकु विमान खसाल्दा एक सैनिकलाई उद्धार गरिएको छ भने अर्का एक अझै बेपत्ता छन् र उहाँको खोजी जारी रहेको छ । इरानी […]

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा आइतबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ४२औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी अस्पतालमा आउने सेवाग्राहीको सेवा एवम् सुविधाको हेतुले अस्पताल परिसरमा नवनिर्मित Intrauterine Insemination (IUI) & In vitro Fertilization (IVF) ल्याबको उद्‍घाटन गर्नुका साथै उक्त ल्याबको अवलोकन […]

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले ३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै उनले यस्तो टिप्पणी गरेका हुन् ! उनले लेखेका छन्, ३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ! शपथ खाएको २४ घण्टानबित्दै एक्सनमा उत्रिएका गृहमन्त्री गुरुङकै अगुवाइमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको छ! त्यस्तै, […]

error: Content is protected !!