२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

स्थानीय निर्वाचनको खर्चबारे अनुगमन गर्न ८ एसएसपीको अनुगमन टोली परिचालन

Logo
प्रकाशित सोमबार, जेठ ३०, २०७९


ABC (क्राईमबिट)
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले सबै प्रदेश र काठमाडौँ उपत्यकामा स्थानीय निर्वाचनमा निकासा भएको बजेटको खर्चबारे अनुगमन गर्न टोली परिचालन गरेको छ ।

आइजिपी धिरजप्रताप सिंहले ७ प्रदेश र उपत्यकामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा अनुगमन टिम परिचालन गरेका हुन् ।

स्थानीय निर्वाचनमा निकासा भएको बजेटको खर्च पारदर्शिताबारे अनुगमन गर्न ८ जना एसएसपीलाई खटाइएको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले बताए । प्रदेश-१ मा सन्दीप भण्डारी, मधेस प्रदेशमा टेकप्रसाद राई, बागमतीमा श्यामलाल ज्ञवाली, गण्डकीमा भरत बोहरा, लुम्बिनीमा बुद्धिराज गुरुङ, कर्णालीमा चन्द्र कवेर खापुङ खटिएका छन् । सुदूरपश्चिम प्रदेशमा रामदत्त जोशी र काठमाडौं उपत्यकामा दीपक थापा खटिएका छन् ।

अनुगमनमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षकहरुले असार १ सम्ममा प्रतिवेदन दिनुपर्नेछ ।

आइजिपी सिंहले आर्थिक अनुशासन कायम भए नभएकोबारे प्रतिवेदन पेस गर्न एसएसपीहरूलाई निर्देशन दिएका छन् । त्यस्तै, म्यादी प्रहरी परिचालनबारे पनि अनुगमन र पृष्ठपोषण लिन एसएसपीहरूलाई कार्यादेश दिइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

error: Content is protected !!