२४ चैत्र २०८२, मंगलबार
07-04-2026 , Tue
×

गृह मन्त्रालयले सशस्त्र प्रहरीका इन्स्पेक्टर सुजित साहलाई सेवाबाट हटाउने तयारी

Logo
प्रकाशित बिहिबार, आषाढ ०२, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । गृह मन्त्रालयले प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा. सुजित कुमार साहलाई कारबाही गर्ने तयारी गरेको छ ।

साह नेपाल एपिएफ अस्पताल बलम्बु, काठमाडौंमा दरबन्दी रहे पनि बिदा स्वीकृत नगराई लामो समयदेखि अनुपस्थित रहेको भन्दै मन्त्रालयले सार्वजनिक सूचना जारी गरेर सेवाबाट हटाउनेगरी विभागीय कारबाही गर्न लागिएको जानकारी दिएको हो ।

उनी बैशाख १३ गतेदेखि कार्यालयमा उपस्थित भएका छैनन् । सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११३ को उपनियम (१) को खण्ड (ज) मा बिदा स्वीकृत नगराई लगातार १५ दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने व्यवस्था छ ।

साथै मन्त्रालयले साहलाई विभागीय कारबाही हुन नपर्ने कुनै कारण भए ७ दिनभित्र सफाइ पेस गर्न पनि निर्देशन दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी परिसरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । उनमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । वसन्तपुर क्षेत्रमा उनले वृद्धमाथि अभद्र व्यवहार र कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

काठमाडौं । अस्ति एउटा भिडियो देखेको थिएँ—जहाँ उनले आफूलाई सलामी दिन आएका सुरक्षाकर्मीलाई पहिले आफैले सलाम गर्दै थिए। त्यो दृश्य सामान्य लाग्न सक्छ, तर त्यसले देखाएको सम्मान असाधारण थियो। अर्को दृश्य पनि देखियो—आफ्नो सुरक्षासहितको गाडी रोकेर उनी ट्राफिक प्रहरीसँगै उभिएर सवारीसाधनको आवतजावत मिलाउँदै थिए। कसैलाई यो “स्टन्ट” जस्तो लाग्न सक्छ। तर वास्तवमा यस्ता साना व्यवहारहरूले […]

दाङ । राप्ती गाउँपालिका-१ भालुवाङ निवासी वर्ष ५९ को तिलक खड्का र वर्ष ३० को सुशील विष्ट रहेका छन् । खड्काको मुख र दयाँ हातमा चोट छ भने विष्टको दुवै हातमा चोट रहेको भालुवाङ अस्पतालले जानकारी दिएको छ । उनीहरू दुवैको भालुवाङ अस्पतालमा उपचार गरिएको छ । मंगलबार विहान करिव ११ बजेको समयमा जंगलबाट भालुवाङ […]

error: Content is protected !!