२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

निजी मिडियालाई सरकारी विज्ञापन नदिने निर्णय विरुद्ध सर्वोच्चमा रिट दायर मंगलबार प्रारम्भिक सुनुवाइ हुने,

Logo
Abc Sanchar प्रकाशित मंगलबार, चैत्र २४, २०८२

काठमाडौं । निजी क्षेत्रका सञ्चारमाध्यमहरुलाई सरकारी विज्ञापन प्रदान नगर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटनिवेदन दायर भएको छ ।

निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाइ हुनेछ ।

नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुईंटेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् । नेपाल मिडिया सोसाइटी दैनिक पत्रपत्रिका प्रकाशन गर्ने प्रकाशकहरुको संख्या हो ।

सरकारको निर्णयले संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर बनाउने उद्देश्य राखेको रिट निवेदनमा दावी छ । गत १८ चैतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवस्तरको निर्णयबाट सरकारले सरकारी विज्ञापनहरु सरकारी सञ्चारमाध्यमहरुबाटै प्रकाशित गराउन परिपत्र गरेको थियो ।

प्रधानमन्त्री कार्यालयले संघीय मन्त्रालयहरु, अरु निकाय, प्रदेश अनि स्थानीय तहबाट पनि नीजि क्षेत्रमा विज्ञापन प्रवाह नगर्न सर्कुलर गरेको थियो ।

सरकारको उक्त निर्णय विज्ञापन ऐन, २०७६ को विपरित भएको र त्यसले संविधानप्रदत्त कैयौ मौलिक हकहरुमा आघात पुगेको रिट निवेदनमा दावी छ । सरकारको निर्णय तत्काल कार्यान्वयन हुदा सञ्चार क्षेत्रमा अपुरणिय क्षति हुने भन्दै रिट निवेदनमा अन्तरिम आदेशको समेत माग छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]