२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

औषधि व्यवस्था विभाग नेपालगन्जले ४ फार्मेसीलाई निलम्वन गर्‍यो

Logo
प्रकाशित बिहिबार, आषाढ ०२, २०७९


(ABC=SANCHAR)
बाँके । जेठ महिनाभरी गरिएको अनुगमनमा जेम फार्मेसी, नजत फार्मेसी, सारीका मेडिकल हल र बिक्रम फार्मेसीलाई निलम्वनको कारवाही गरिएको विभागका फार्मेसी अधिकृत दिपेन्द्र कुमार साहले जानकारी दिनुभयो ।

उनका अनुसार जेम फार्मेसी २८ दिन, नजत फार्मेसी १० दिन, सारीका मेडिकल हल ७ दिन र बिक्रम फार्मेसीलाई १० दिन निलम्वन गरिएको हो । जेठ महिनामा कारवाहीमा परेका उनीहरुको निलम्वन भने फुकुवा भइसकेको छ ।

अनुगमनका क्रममा फार्मेसीहरु दर्ता नभएको, औषधि सञ्चय गरी बिक्री वितरण गरेको भेटिएपछि कारबाही गरिएको उहाँको भनाइ छ ।

अनुगमनका क्रममा फर्मासिस्ट तथा तथा तालिम प्राप्त व्यवसायी पसलमा नभएको, अरुको लाइसेन्स भाडामा लिई गैर व्यक्तिले चलाउने गरेको पाइएपछि ति फामेर्सी पसल कारबाहीमा परेको विभागका फार्मेसी अधिकृत साहले जानकारी दिनुभयो ।

उहाँका अनुसार कागजी प्रक्रिया पुरा हुन बाँकी थप फार्मेसीलाई पनि कारबाही गर्ने तयारी छ। विभागले चैत्र, वैशाख र जेष्ठ महिनामा बाँके, सुर्खेत , प्युठान , रोल्पा , दाङ जिल्लाहरुको अनुगमन गरेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]