२४ चैत्र २०८२, मंगलबार
07-04-2026 , Tue
×

प्रधानमन्त्री शेर बहादुर देउवा शुक्रबार र शनिबार सुदूरपश्चिम भ्रमणमा

Logo
प्रकाशित शुक्रबार, आषाढ ०३, २०७९

(ABC=SANCHAR)
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार र शनिबार सुदूरपश्चिममा रहने भएका छन् । प्रधानमन्त्री देउवाले गृहप्रदेशको दुई दिने भ्रमण गर्ने कार्यतालिका छ । प्रधानमन्त्री देउवा आज कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीहरूको दीक्षित समारोहमा सहभागी हुने कार्यक्रम छ ।

विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा करिब तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुने सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले जनाएको छ । दीक्षान्त समारोहमा प्रधानमन्त्री देउवा, शिक्षा मन्त्री देवेन्द्र पौडेललगायतको सहभागिता रहने छ । समारोहमा कुमाउ विश्वविद्यालयका कुलपति प्रोफेसर एसके जोशी पनि आउने बताइएको छ ।

यस्तै प्रधानमन्त्री देउवाको भोलि धनगढीमा कार्यक्रम रहेको छ । प्रधानमन्त्री देउवाले शनिबार विहान धनगढी उपमहानगरपालिका प्राङ्गणमा बनेको नवनिर्मित भवनको समुद्घाटन गर्ने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी परिसरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । उनमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । वसन्तपुर क्षेत्रमा उनले वृद्धमाथि अभद्र व्यवहार र कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

काठमाडौं । अस्ति एउटा भिडियो देखेको थिएँ—जहाँ उनले आफूलाई सलामी दिन आएका सुरक्षाकर्मीलाई पहिले आफैले सलाम गर्दै थिए। त्यो दृश्य सामान्य लाग्न सक्छ, तर त्यसले देखाएको सम्मान असाधारण थियो। अर्को दृश्य पनि देखियो—आफ्नो सुरक्षासहितको गाडी रोकेर उनी ट्राफिक प्रहरीसँगै उभिएर सवारीसाधनको आवतजावत मिलाउँदै थिए। कसैलाई यो “स्टन्ट” जस्तो लाग्न सक्छ। तर वास्तवमा यस्ता साना व्यवहारहरूले […]

दाङ । राप्ती गाउँपालिका-१ भालुवाङ निवासी वर्ष ५९ को तिलक खड्का र वर्ष ३० को सुशील विष्ट रहेका छन् । खड्काको मुख र दयाँ हातमा चोट छ भने विष्टको दुवै हातमा चोट रहेको भालुवाङ अस्पतालले जानकारी दिएको छ । उनीहरू दुवैको भालुवाङ अस्पतालमा उपचार गरिएको छ । मंगलबार विहान करिव ११ बजेको समयमा जंगलबाट भालुवाङ […]

error: Content is protected !!