२४ चैत्र २०८२, मंगलबार
07-04-2026 , Tue
×

विदेश पठाई दिन्छु भन्दै २१ लाख ठगी गर्ने १ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, आषाढ ०३, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । विदेश पठाई दिन्छु भन्दै २१ लाख ४६ हजार रुपियाँ ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परीसर टेकुमा जाहेरी परेपछि प्रहरीले अनुसन्धान शुरु गरी घटनामा संलग्नलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ घर भइ हाल काठमाडौं–१४ हाडिगाउँ बस्ने ३२ वर्षीय रुपेश कार्की रहेका छन् । उनी पोखरा महानगरपालिका –१६ बिरौटा बस्ने २२ वर्षिया महिलालाई क्यानडा पठाइ दिन्छु भन्दै एघार लाख एकहत्तर हजार र काठमाडौं–३२ पेप्सीकोला बस्ने २८ वर्षिया अर्की महिलालाई डिपेन्डेन्ट भिषामा अष्ट्रेलिया लैजाने भन्दै नौ लाख पचहत्तर हजार रुपियाँ जम्मा गर्न लगाई विदेश नपठाएर ठगी गरी फरार रहेको प्रहरीको भनाई छ ।

उनीमाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–२१ को देहाय २४९ को कसूरमा जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद अनुमति लिई प्रहरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अस्ति एउटा भिडियो देखेको थिएँ—जहाँ उनले आफूलाई सलामी दिन आएका सुरक्षाकर्मीलाई पहिले आफैले सलाम गर्दै थिए। त्यो दृश्य सामान्य लाग्न सक्छ, तर त्यसले देखाएको सम्मान असाधारण थियो। अर्को दृश्य पनि देखियो—आफ्नो सुरक्षासहितको गाडी रोकेर उनी ट्राफिक प्रहरीसँगै उभिएर सवारीसाधनको आवतजावत मिलाउँदै थिए। कसैलाई यो “स्टन्ट” जस्तो लाग्न सक्छ। तर वास्तवमा यस्ता साना व्यवहारहरूले […]

दाङ । राप्ती गाउँपालिका-१ भालुवाङ निवासी वर्ष ५९ को तिलक खड्का र वर्ष ३० को सुशील विष्ट रहेका छन् । खड्काको मुख र दयाँ हातमा चोट छ भने विष्टको दुवै हातमा चोट रहेको भालुवाङ अस्पतालले जानकारी दिएको छ । उनीहरू दुवैको भालुवाङ अस्पतालमा उपचार गरिएको छ । मंगलबार विहान करिव ११ बजेको समयमा जंगलबाट भालुवाङ […]

दाङ । राप्ती गाउँपालिका–२, स्थित राप्ती नदीको कटहाघाट क्षेत्रबाट अवैध रुपमा नदिजन्य पदार्थ (मिस्कट) उत्खनन् तथा ढुवानी गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय भालुवाङले १८ वटा टेक्टरहरू नियन्त्रणमा लिएकाे छ । प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीको कमाण्डमा खटिएको टोलीले आज मंगलबार बिहान करिब साढे ४ बजेकाे समयमा अवैध रुपमा नदिजन्य पदार्थ (मिस्कट) उत्खनन् तथा ढुवानी भइरहेको […]

error: Content is protected !!