२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

विदेश पठाई दिन्छु भन्दै २१ लाख ठगी गर्ने १ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, आषाढ ०३, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । विदेश पठाई दिन्छु भन्दै २१ लाख ४६ हजार रुपियाँ ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परीसर टेकुमा जाहेरी परेपछि प्रहरीले अनुसन्धान शुरु गरी घटनामा संलग्नलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ घर भइ हाल काठमाडौं–१४ हाडिगाउँ बस्ने ३२ वर्षीय रुपेश कार्की रहेका छन् । उनी पोखरा महानगरपालिका –१६ बिरौटा बस्ने २२ वर्षिया महिलालाई क्यानडा पठाइ दिन्छु भन्दै एघार लाख एकहत्तर हजार र काठमाडौं–३२ पेप्सीकोला बस्ने २८ वर्षिया अर्की महिलालाई डिपेन्डेन्ट भिषामा अष्ट्रेलिया लैजाने भन्दै नौ लाख पचहत्तर हजार रुपियाँ जम्मा गर्न लगाई विदेश नपठाएर ठगी गरी फरार रहेको प्रहरीको भनाई छ ।

उनीमाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–२१ को देहाय २४९ को कसूरमा जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद अनुमति लिई प्रहरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

error: Content is protected !!