२४ चैत्र २०८२, मंगलबार
07-04-2026 , Tue
×

नेपाल प्रहरी र सशस्त्र प्रहरी अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय सुरक्षामा असरसम्बन्धी प्रशिक्षण

Logo
प्रकाशित शनिबार, आषाढ ०४, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । परिवर्तित भूराजनीतिक परिदृश्य तथा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय सुरक्षामा पर्ने असर सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा शुक्रबार सम्पन्न भएको छ ।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल एवं दुवै सुरक्षा निकायका वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थितिमा सुरक्षा सम्बन्धी अवधारणागत एवं नीतिगत स्पष्टता, व्यावसायिक ज्ञान अभिबृद्धि तथा संस्थागत सहकार्य प्रवर्धन गर्ने गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा अतिथि वक्ताको रुपमा उपस्थित सुरक्षाविद् गेजा शर्मा वाग्लेले उपस्थित वरिष्ठ प्रहरी अधिकृतहरूले राखेका जिज्ञासाहरू निरूपण गर्दै नेपाल सरकारले राष्ट्रको सुरक्षाको लागि तयार गर्ने नीतिहरूलाई अन्तर्राष्ट्रिय अभ्यासहरूको अनुशरण गर्दै जानुपर्नेमा जोड दिए । साथै राष्ट्रको सुरक्षाको लागि तायर गर्ने नीतिहरूमा सबै सुरक्षा निकायको अत्यन्तै महत्वपूर्ण भूमिका हुने विचार उनले व्यक्त गरे ।

सुरक्षाविद् वाग्लेले भूराजनीतिको अवधारणा र परिभाषा, नेपालको सन्दर्भमा भूराजनीतिको बहस, एसिया र दक्षिण एसियाको भूराजनीतिक तस्बिर, अर्थतन्त्रको प्रक्षेपण, अर्थतन्त्रको दृष्टिले एसिया : तथ्य र तथ्याङ्क, नेपालको भूराजनीतिक दृष्टिले संवेदनशील पक्षहरू, नेपालमा पर्ने भूराजनीतिक असर, निष्कर्ष तथा सुझाव सम्बन्धी प्रस्तुतीकरण समेत गरेका थिए ।

उक्त अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक मुकुन्द राज आचार्यले सुरक्षाविद् गेजा शर्मा वाग्लेलाई मायाको चिनो प्रदान गरेका थिए ।

सोही अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक आचार्यले धन्यवाद ज्ञापन व्यक्त गर्दै अन्तरक्रिया कार्यक्रमले राष्ट्रको सुरक्षाको लागि तयार गर्ने नीतिहरूमा फलदायी भूमिका निर्वाह गर्ने विचार व्यक्त गरे ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरू, सशस्त्र प्रहरी नायव महानिरीक्षकहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी परिसरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । उनमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । वसन्तपुर क्षेत्रमा उनले वृद्धमाथि अभद्र व्यवहार र कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

काठमाडौं । अस्ति एउटा भिडियो देखेको थिएँ—जहाँ उनले आफूलाई सलामी दिन आएका सुरक्षाकर्मीलाई पहिले आफैले सलाम गर्दै थिए। त्यो दृश्य सामान्य लाग्न सक्छ, तर त्यसले देखाएको सम्मान असाधारण थियो। अर्को दृश्य पनि देखियो—आफ्नो सुरक्षासहितको गाडी रोकेर उनी ट्राफिक प्रहरीसँगै उभिएर सवारीसाधनको आवतजावत मिलाउँदै थिए। कसैलाई यो “स्टन्ट” जस्तो लाग्न सक्छ। तर वास्तवमा यस्ता साना व्यवहारहरूले […]

दाङ । राप्ती गाउँपालिका-१ भालुवाङ निवासी वर्ष ५९ को तिलक खड्का र वर्ष ३० को सुशील विष्ट रहेका छन् । खड्काको मुख र दयाँ हातमा चोट छ भने विष्टको दुवै हातमा चोट रहेको भालुवाङ अस्पतालले जानकारी दिएको छ । उनीहरू दुवैको भालुवाङ अस्पतालमा उपचार गरिएको छ । मंगलबार विहान करिव ११ बजेको समयमा जंगलबाट भालुवाङ […]

error: Content is protected !!