२४ चैत्र २०८२, मंगलबार
07-04-2026 , Tue
×

दाङमा बाटो खन्दा प्राचिन कालका चादीको शिक्का श्री ३ र बिटिस लेखेको फेला

Logo
प्रकाशित आइतबार, आषाढ ०५, २०७९


(ABC=SANCHAR)
दाङ । तुलसीपुरमा बाटोको नयाँ ट्रयाक खन्ने क्रममा गाडेको अवस्थामा एक कसौडी प्राचिन शिक्का फेला परेको छ ।

फेला परेका सबै शिक्का चाँदीका हुन । ती १८औं सताप्दिका शिक्का हुन । केही शिक्काहरु १८०६ सम्मको रहेका छन् । यी शिक्का (मुद्राहरु) झन्डै साढे दुई सय बर्ष भन्दा पुराना छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ सिमराटोलको खेत हुँदै आँखा अस्पतालसम्मको नयाँ ट्रयाक खोल्ने क्रममा चेसिबीका अपरेटर (चालक) ले गाडेको अवस्थामा एक कसौडी प्राचिन शिक्का फेला पारेका हुन ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीले पाँच सय ३७ वटा शिक्का फेला परेको फरककोणलाई जानकारी दिए ।

जेसिबीका अपरेटर (चालक) तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ मलवारका २५ बर्षीय सुवाशचन्द्र चौधरीले गत बुधबार दिउँसो खेतमा नयाँ ट्रयाक खन्ने क्रममा कसौडीमा गाडेको अवस्थामा ती शिक्का फेला पार्नु भएको थियो ।

रा १ क १००२५का चालक चौधरीले तुलसीपुर – ४ रक्षाचौरको खेतमा नयाँ ट्रयाक खन्ने क्रममा ती प्राचिन शिक्का गाडेको अवस्थामा फेला पारेको प्रहरी निरीक्षक शाहीले बताए ।

चौधरीले गाडेको अवस्थामा कसौडीमा फेला पारेका पाँच सय ३७ थान चाँदीका प्राचिन शिक्का मध्य ७६ वटा भारतीय शिक्का छन् । ती शिक्का ब्रिटिस सरकारको पालामा शिक्काहरु हुन ।

त्यस्तै चार सय ६१ वटा श्री ३ लेखेका शिक्काहरु फेला परेका छन् । अपरेटर चालकले गाडेको अवस्थामा प्राचिन मुद्राहरु फेला पारेपछि श्री ३ लेखेको सात वटा शिक्काहरु घटनास्थलमै खसेको भेटेपछि जेसिबीका सहचालकले ती शिक्का राखेको अवस्थामा बरामद भएको प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।

फेला परेका सबै प्राचिन मुद्राहरु अपरेटर चालक चौधरीले आफ्नो घरमा लागेर राखेको भएपनि अर्का जेसिबी चालक राजन खड्काले भागबन्डा नमिले पछि त्यो कुरा जग्गा धनी शोभा भण्डारीलाई भनेपनि गाडेको धन फेला परेको कुरा सार्वजनिक भएको हो ।

प्रहरी निरीक्षक शाहीका अनुसार चौधरीले ती शिक्काहरु घरमा लगेर धातुको कसौडी भाँडोबाट निकालेर छुट्टै एउटा पोलेथिनमा राखेको अवस्थामा फेला परेको बताए ।

यी सबै शिक्काहरु झन्डै साढे दुई सय बर्ष पहिलेका हुन । जेसिबी चालक चौधरीलाई इप्रका तुलसीपुरको थुनुवा कक्षमा राखिएको छ ।जग्गा धनी भण्डारीले भने फेला परेको गाडेको धन सार्वजनिक काम बाटोमै लगाउनु पर्ने माग गरिन ।

उनले एक कसौडी भरी धन फेला परेको कुरा सुनेको भएपनि आज पिंधसम्म मात्रै गाडेको धन चौधरीको घरबाट बरामद भएको हुँदा थप अनुसन्धान गरि सत्य तथ्य कुरा सार्वजनिक गर्न माग पनि गरिन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी परिसरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । उनमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । वसन्तपुर क्षेत्रमा उनले वृद्धमाथि अभद्र व्यवहार र कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

काठमाडौं । अस्ति एउटा भिडियो देखेको थिएँ—जहाँ उनले आफूलाई सलामी दिन आएका सुरक्षाकर्मीलाई पहिले आफैले सलाम गर्दै थिए। त्यो दृश्य सामान्य लाग्न सक्छ, तर त्यसले देखाएको सम्मान असाधारण थियो। अर्को दृश्य पनि देखियो—आफ्नो सुरक्षासहितको गाडी रोकेर उनी ट्राफिक प्रहरीसँगै उभिएर सवारीसाधनको आवतजावत मिलाउँदै थिए। कसैलाई यो “स्टन्ट” जस्तो लाग्न सक्छ। तर वास्तवमा यस्ता साना व्यवहारहरूले […]

दाङ । राप्ती गाउँपालिका-१ भालुवाङ निवासी वर्ष ५९ को तिलक खड्का र वर्ष ३० को सुशील विष्ट रहेका छन् । खड्काको मुख र दयाँ हातमा चोट छ भने विष्टको दुवै हातमा चोट रहेको भालुवाङ अस्पतालले जानकारी दिएको छ । उनीहरू दुवैको भालुवाङ अस्पतालमा उपचार गरिएको छ । मंगलबार विहान करिव ११ बजेको समयमा जंगलबाट भालुवाङ […]

error: Content is protected !!