२४ चैत्र २०८२, मंगलबार
07-04-2026 , Tue
×

पहिलो नम्बरमा डीआईजी बन्ने दौडले नेपाल प्रहरीमा सिंगो बढुवा प्रक्रिया नै अवरुद्ध किन?

Logo
प्रकाशित आइतबार, आषाढ ०५, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । वरीयतामा पछि रहेका, कमजोर कार्यक्षमता र आर्थिक तथा अनुशासन विचलन भएका केही प्रहरी अधिकारीहरु बढुवाका लागि दाम, साम, दण्ड र भेद नीति बोकेर शक्तिकेन्द्रका ढोकाढोकामा चहार्दा नेपाल प्रहरीमा डीआईजी बढुवामा ढिलाइ भएको छ । यस्तै बढुवा प्रक्रिया अवरुद्ध जस्तै बनेको छ ।

प्रहरीमा डेढ महिनादेखि १७ डीआईजी पद रिक्त भएको हो । डीआईजीसँगै एसएसपी र एसपीमा पनि बढुवा गर्नुपर्ने अवस्था छ । तर, गृह मन्त्रालयले बढुवाको प्रक्रिया अघि नबढाउँदा प्रहरीको उच्च पद रिक्त हुनुका साथै प्रदेशको नेतृत्व गर्ने डीआईजीहरुको पनि अभाव भएको छ ।

एसएसपीहरु सन्दीप भण्डारी, उमेशराज जोशी, रामदत्त जोशी, अशोक सिंह र दीपक थापाबीच डीआईजी बढुवामा चर्को प्रतिस्पर्धा छ । अबको डीआईजी बढुवाले भावी महानिरीक्षक चयनमा पनि प्रभाव पार्ने भएकाले चरम प्रतिस्पर्धा देखिएको हो ।
अहिलेको डीआईजी बढुवा तथा पदस्थापनले आफ्नो कार्यकालको सफलताको मापन हुने भएकाले पनि प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह पर्ख र हेरको नीतिमा रहेका छन् । बदनाम अधिकारीहरु डीआईजीमा बढुवा भई पदस्थापन हुँदा पछि गलत गतिविधि हुँदा त्यसले संगठन र महानिरीक्षकमाथि प्रश्नचिह्न खडा हुने भएकाले पनि उनमा कसैप्रति झुकाव देखिएका छैनन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका केही सदस्य, गृह मन्त्रालयका केही बिचौलिया र व्यापारीका कारण बढुवामा चलखेल भइरहेको हो ।

प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाण र प्रहरी महानिरीक्षक सिंहबीच यसपटकको डीआईजी बढुवामा प्रमुख प्रतिस्पर्धी रहेका चारैजना महिला एसएसपीहरु किरण बज्राचार्य, किरण राणा, दुुर्गा सिंह चन्द र मीरा चौधरीलाई अघि सार्ने विषयमा सहमति भएको छ । यस्तै केही अब्बल अधिकारीहरुको बढुवामा समेत यी तीनै केन्द्र लगभग सहमत छन् । तर पहिलो नम्बरमा कसलाई बढुवा गर्ने भन्ने विषयमा मत बाझिएको हो ।

डीआईजी बढुवामा जस्तै समस्या एसएसपी र एसपी बढुवामा पनि देखिएको छ । ती पदमा पनि कार्यक्षमतामा अब्बलभन्दा शक्तिकेन्द्र नजिकका अधिकारीहरुको तीव्र लबिङका कारण बढुवा प्रक्रिया लम्बिएको छ ।

डीआईजी बढुवाको दाबेदारमा एसएसपीहरु सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, रामदत्त जोशी, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, बसन्तबहादुर कुँवर, भीमप्रसाद ढकाल, श्यामलाल ज्ञवाली छन् । उनीहरु ७ फागुन २०७५ मा एसएसपी पदमा बढुवा भएका थिए ।

डीआईजीका प्रतिस्पर्धीहरुमा एसएसपीहरु जनक भट्टराई, विष्णुकुमार केसी, भरत बहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, किरन राना, लालमणि आचार्य, यज्ञविनोद पोखरेल छन् । उनीहरु १८ वैशाख २०७७ मा एसएसपीमा बढुवा भएका हुन् ।

एसएसपीहरुको बढुवापछि रिक्त हुने पदमा पनि एसपीहरुबीच चर्को प्रतिस्पर्धा देखिन्छ । एसएसपीमा बढुवाका दाबेदार एसपीहरु सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, माधवप्रसाद श्रेष्ठ, डिल्लीराज बिष्ट, डम्बर बहादुर बीके, गणेश चन्द, उमाप्रसाद चतुर्वेदी, ओमबहादुर राना, सुरेन्द्र बहादुर गुरुङ, हिमाल कुमार श्रेष्ठ, विमल बस्नेत, राजन अधिकारी, ईश्वर कार्की, मनोजकुमार केसी, रेवती ढकाल, दानबहादुर कार्की प्रतिस्पर्धी छन् ।

यस्तै, एसपीहरु दिनेश कुमार आचार्य, अरुण पौडेल, राजेन्द्र प्रसाद भट्ट, मनोज कुमार यादव, किशनसिंह थापा, गोविन्द थपलिया, सुदर्शन प्रसाद कोइराला, विनोद घिमिरे, जीवन कुमार श्रेष्ठ (क), दीपक रेग्मी, दीपक कुमार बस्नेत, जयराम सापकोटा, शारदा प्रसाद चौधरी, लोकेन्द्र श्रेष्ठ दीपेन्द्र जीसी, रामेश्वर प्रसाद यादव, दिलीप सिंह देउवा, सञ्जीव शर्मा दास पनि प्रतिस्पर्धामा छन् । उनीहरु १९ साउन २०७४ मा एसपीमा बढुवा भएका हुन् ।

यस्तै एसपीमा बढुवा हुने दाबेदार डीएसपीहरु सञ्जयबहादुर राउत, सीताराम रिजाल, भीमकिरण बोगटी, देवेन्द्रबहादुर पाल, सुमन कुमार तिमिल्सिना, सरोज पौडेल, विष्णुहरि कोइराला, नरहरि रेग्मी, नेत्रमणि गिरी, हेरम्ब शर्मा र विनोद शर्मा छन् । उनीहरु ६ साउन २०७० मा डीएसपीमा बढुवा भएका हुन् ।

यस्तै, अन्य बढुवाका दाबेदार डीएसपीहरु भाग्येन्द्र पुरुष ढकाल, रामबहादुर केसी, अवदेश विष्ट क्षेत्री, राजेश थापा, मित्रबन्धु शर्मा, रन्जित सिंह राठौर, रामप्रसाद घटी
मगर, नरेन्द्र कुमार कार्की, खड्कबहादुर खत्री, मधवप्रसाद बुढाथोकी, विश्वराज सिंह खड्का, बाल नरसिंह राणा, हरिहर नाथ योगी छन् । उनीहरु ५ मंसिर २०७१ मा डीएसपीमा बढुवा भएका हुन् ।

यस्तै, ११ फागुन २०७१ मा डीएसपीमा बढुवा भएकाहरु पनि एसपी बढुवामा दाबेदार छन् । डीएसपीहरु अपिलराज बोहरा, गौतम कुमार केसी, टेकुनन्द ईवा लिम्बू, नरेशराज सुवेदी, भरतबहादुर विक, बसुन्धरा खड्का, विपिन रेग्मी, रवीन्द्रबहादुर सिंह, अनुपम श्रेष्ठ, चित्रबहादुर गुरुङ, मोहनकुमार थापा, नवरत्न पौडेल, गौतम मिश्र, सुधीरराज शाही, काजीकुमार आचार्य, गोविन्द पुरी, नवराज कार्की, योगेन्द्र कुमार खड्का, दुर्गाराज रेग्मी, वासुदेव पाठक, नवीनकिशोर प्रधान, रुपेश खड्का, मिलन केसी, गजुसिद्धि बज्रचार्य, कोमल शाह, भावेश रिमाल, सन्तोष आचार्य, नारायण प्रसाद चिमरिया, श्यामबहादुर खत्री, श्याम कुमार राई, शालिग्राम शर्मा र कुमोद ढुंगेल एसपी बढुवामा प्रतिस्पर्धी छन् ।पर्दाफासबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी परिसरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । उनमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । वसन्तपुर क्षेत्रमा उनले वृद्धमाथि अभद्र व्यवहार र कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

काठमाडौं । अस्ति एउटा भिडियो देखेको थिएँ—जहाँ उनले आफूलाई सलामी दिन आएका सुरक्षाकर्मीलाई पहिले आफैले सलाम गर्दै थिए। त्यो दृश्य सामान्य लाग्न सक्छ, तर त्यसले देखाएको सम्मान असाधारण थियो। अर्को दृश्य पनि देखियो—आफ्नो सुरक्षासहितको गाडी रोकेर उनी ट्राफिक प्रहरीसँगै उभिएर सवारीसाधनको आवतजावत मिलाउँदै थिए। कसैलाई यो “स्टन्ट” जस्तो लाग्न सक्छ। तर वास्तवमा यस्ता साना व्यवहारहरूले […]

दाङ । राप्ती गाउँपालिका-१ भालुवाङ निवासी वर्ष ५९ को तिलक खड्का र वर्ष ३० को सुशील विष्ट रहेका छन् । खड्काको मुख र दयाँ हातमा चोट छ भने विष्टको दुवै हातमा चोट रहेको भालुवाङ अस्पतालले जानकारी दिएको छ । उनीहरू दुवैको भालुवाङ अस्पतालमा उपचार गरिएको छ । मंगलबार विहान करिव ११ बजेको समयमा जंगलबाट भालुवाङ […]

error: Content is protected !!