(ABC=SANCHAR)
काठमाडौं । गुल्मिका एकजना तेजेन्द्र नामगरेका मान्छेले उनको जेठी श्रीमती पट्टीको छोरा नाबालक सचिन परियारलाई केही युट्युबे बुङ्गा (सबै यसमा पर्दैनन) हरुको साहरामा काठमाडौं केही महिना उनको बाल शोषण गरि अन्जान प्रतिभाको ब्यापार गरे! युट्युबे हरुले कन्टेन्ट पाए केही अघि पछि लगाएर पपुलर भए केहिले चंदा अतंक गर्न पाए खयर बेरोजगारहरुको झुन्ड तेजेन्द्र परियार कलौटेको पछि लागेर काठमाडौंमा राम्रै रौसी मासु भात खाए, रमाए !कथा त्यत्ती थियो।
त्यो सचिन भन्ने बच्चा संग कुनै क्षमता गायन क्षेत्रमा प्रतिभा थिएन सेन्टिमेन्टको पछाडी दौडिने हुलले राष्ट्रिय बाल कलाकार घोषणा गरिदियो। मोडल बिमल अधिकारीले त्यस विषयमा प्रश्न उठाए र उनलाई नाक चुच्चे बाहुन अनेक गाली गलोज ठोकियो पछि माफी मागे!! मैले कैयौं ठाउँमा आफैले गाली बेहोर्नु परेया थियो।अहिले त्यो सानो केटो गुल्मिको सडकमा चोटै चोट सित बेबारिसे अबस्थामा पैसो माग्दै हिडेको देखिन्छ!!
प्युठानका एकजना भेल्लु बाजे लाई केही कथित युट्युबेले बोकेर हिडेका छ्न। प्युठान गाउँमा घरपाला खाएर हिडने बुढालाई ठाँउ ठाउँमा बिषालु रौसी खुवाउदै हिडाउदै छ्न केही समय पछि ती भेल्लु बुढा प्युठानको झुपडीमा अलपत्र भेटिने छ्न। निर्दोष मान्छे छान्दै बलिको बोको बनाउदै गर्ने ई युट्युबेहरुलाई गोकुल बास्कोटा नै ठिक थिए!!
#साभार_पुरन_पोखरेल