२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

अनुमतिबिना हज गर्न जानेलाई साढे ३ लाख रुपैयाँसम्म साउदी सरकारले जरिवाना गर्ने

Logo
प्रकाशित बिहिबार, आषाढ १६, २०७९


ABC-Sanchar
काठमाडौं । अनुमतिबिना हज गर्नेलाई साउदी अरेबियाले २ हजार ६६६ डलरभन्दा बढी अर्थात् झण्डै साढे ३ लाख रुपैयाँसम्म जरिवाना लगाउने भएको छ । साउदी अरब सरकारले यस सम्बन्धमा आधिकारिक विज्ञप्ति जारी गरेको हो ।

विज्ञप्ति अनुसार साउदी अरेबियाको सार्वजनिक सुरक्षा विभागका प्रवक्ता मोहम्मद अल-शुवेरखले अनुमतिबिना हज गर्न खोजेको पाइएमा १० हजार रियाल जरिवाना गरिने बताइएको छ। हज गर्न चाहनेले सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने हुन्छ । मोहम्मद अल-शुवेरखले सबै नागरिकहरूलाई हज सम्बन्धी जारी गरिएका निर्देशनहरूलाई कडाइका साथ पालना गर्न आग्रह गरेका छन् ।

मक्का र सबै धार्मिकस्थलमा कुनै पनि प्रकारको उल्लङ्घन हुन नदिन ठूलो संख्यामा सुरक्षा बल तैनाथ गरिने उनले बताए । साउदी अरेबियाले यस वर्ष विश्वभरबाट १० लाखभन्दा बढी मानिसलाई हज गर्न अनुमति दिएको बताएको थियो। पछिल्लो दुई वर्षदेखि कोरोना संक्रमणका कारण साउदी अरबका नागरिक मात्र हज यात्रामा जान पाएका थिए । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

error: Content is protected !!