०६ आश्विन २०८३, मंगलबार
22-09-2026 , Tue
×

अनुमतिबिना हज गर्न जानेलाई साढे ३ लाख रुपैयाँसम्म साउदी सरकारले जरिवाना गर्ने

Logo
प्रकाशित बिहिबार, आषाढ १६, २०७९


ABC-Sanchar
काठमाडौं । अनुमतिबिना हज गर्नेलाई साउदी अरेबियाले २ हजार ६६६ डलरभन्दा बढी अर्थात् झण्डै साढे ३ लाख रुपैयाँसम्म जरिवाना लगाउने भएको छ । साउदी अरब सरकारले यस सम्बन्धमा आधिकारिक विज्ञप्ति जारी गरेको हो ।

विज्ञप्ति अनुसार साउदी अरेबियाको सार्वजनिक सुरक्षा विभागका प्रवक्ता मोहम्मद अल-शुवेरखले अनुमतिबिना हज गर्न खोजेको पाइएमा १० हजार रियाल जरिवाना गरिने बताइएको छ। हज गर्न चाहनेले सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने हुन्छ । मोहम्मद अल-शुवेरखले सबै नागरिकहरूलाई हज सम्बन्धी जारी गरिएका निर्देशनहरूलाई कडाइका साथ पालना गर्न आग्रह गरेका छन् ।

मक्का र सबै धार्मिकस्थलमा कुनै पनि प्रकारको उल्लङ्घन हुन नदिन ठूलो संख्यामा सुरक्षा बल तैनाथ गरिने उनले बताए । साउदी अरेबियाले यस वर्ष विश्वभरबाट १० लाखभन्दा बढी मानिसलाई हज गर्न अनुमति दिएको बताएको थियो। पछिल्लो दुई वर्षदेखि कोरोना संक्रमणका कारण साउदी अरबका नागरिक मात्र हज यात्रामा जान पाएका थिए । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । विभिन्न व्यक्ति तथा समुदायविरुद्ध सामाजिक सञ्जालमार्फत आपत्तिजनक, आधारहीन तथा भ्रामक सामग्री सम्प्रेषण गरी चरित्रहत्या र सामाजिक शान्ति भंग गर्न खोजेको आरोपमा सिरहाका एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा लहान नगरपालिका–२४ का मनोजकुमार महतो ‘मनोज मानव’ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीका अनुसार महतोविरुद्ध विभिन्न व्यक्ति, व्यवसायी, जनप्रतिनिधि, पत्रकार, नेता तथा […]

दाङ । घोराहीबाट लमही जाने सडकखण्ड अन्तर्गत बेल्दमारको पहिलो घुम्तीनेर रातिको समयमा पाटे बाघ देखिएको छ। ट्रकलाई ओभरटेक गर्ने क्रममा पाटे बाघले झम्टिनबाट मुस्किलले ज्यान जोगिएको प्रत्यक्षदर्शीले बताएका छन्। साँझपख उक्त सडकखण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन दाङ प्रहरीले सबैमा अनुरोध गरेको छ।

दाङ । घोराही विश्व शान्ति दिवस–२०२६ को अवसरमा ब्रह्माकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र, दाङमा प्राकृतिक विपद्का कारण दिवंगत भएका आत्माहरूको शान्तिको कामनासहित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। ‘सबैका लागि, जहाँसुकै, हरेक दिन शान्तिमा लगानी गरौँ’ भन्ने यस वर्षको शान्तिको सन्देशसहित सोमबार २०८३ असोज ५ गते (२१ सेप्टेम्बर २०२६) कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नेपाल […]