२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

विद्यालयका कम्प्युटर माकुराको घर बन्दै

Logo
प्रकाशित शनिबार, आषाढ २५, २०७९

ABC-SANCHAR
मुगु । जिल्लाको पश्चिमी भेगमा पर्ने खत्याड गाँउपालिकामा रहेको एक विद्यालयमा विद्युत नहुँदा विद्यालयले ल्याएको कम्प्युटर प्रयोगविहीन हुँदा माकुराको घर बनेका छन् । ७ बर्ष पहिले नेपाल सरकार सञ्चार तथा प्रविधि मन्त्रालय र नेपाल दुर सञ्चार प्राधिकरणको सहयोगमा खत्याड गाँउपालिका वडा नम्बर १० मा रहेको महादेव माध्यामिक बिद्यालयमा अध्यानरत विद्यार्थीहरुलाई कम्प्युटर शिक्षासँगै ईन्टरनेट सेवा दिने उद्देश्यका साथ साथ २४ वटा कम्प्युटर, ४ वटा सीसी क्यामरा र ईन्टरनेट सेवा सहयोग गरिए पनि उक्त बिद्यालयमा विद्युत् नहुँदा जडान गरिएका कम्प्युटर, सीसी क्यामरा र ईन्टरनेट मेसिनमा माकुराले जालो लगाएका छन् ।

७ बर्ष पहिला विद्यालयमा वैकल्पिक सौर्य उर्जाबाट बिद्यालयलाई सौर्य पाता सहितको विद्युत् सहयोग गरेको थियो । सोहीअनुरुप नेपाल सरकार सञ्चार तथा प्रबिधि मन्त्रालय र नेपाल दुर सञ्चार प्राधिकरण कम्प्युटर, सीसी क्यामरालगायतका विद्युतीय उपकरण माग गर्दा उपलब्ध भएको थियो । तर, विद्युत् सेवाको सहज पँहुच नहुँदा लाखौ मुल्यका कम्प्युटर र अन्य सामग्री प्रयोगविहीन भएको विद्यालयले जानकारी दिएको छ ।

बिद्यालयमा कक्षा ६, ७, ८ सम्म कम्प्युटर शिक्षा विषय पढाई हुने भएकोमा विद्यार्थीलाई प्रयोगात्मक कक्षा सञ्चालन नगरी थन्काइएको छ । ‘गाउँका सिहं दरवार खत्याड गाँउपालिकामा विद्युत् व्यवस्थापनका लागि उचित बजेटको प्रवन्ध मिलाउन गाँउपालिकासँग आग्रह गरेका थियौ, तर गाउपालिकाले कुनै पनि सुनाई गरेन । विद्यालयमा आर्थिक स्रोत पनि नभएकोले कम्प्युटर प्रयोगविहीन बनेका छ’, बिद्यालयका प्राधानाध्यापक चन्द्र बहादुर रोकायाले बताए ।

लामो समयसम्म प्रयोगविहीन कम्प्युटरमध्ये केही बिग्रिएका छन् । विद्यालयमा ल्याईएको कम्प्युटर प्रयोगविहीन बन्दा विद्यार्थीलाई समस्या भएका अभिभावक चन्द्रविर बुढाले गुनासो गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!