१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

दाङमा समानुपातिक तर्फ कुन राजनीति दलले कति मत पाए ?रास्वपाले समानुपातिक तर्फपनि सबै भन्दा धेरै मत प्राप्त,

Logo
ABC-Sanchar प्रकाशित बुधबार, फाल्गुण २७, २०८२

दाङ । प्रत्यक्ष तर्फ दाङका तीन वटै निर्वाचन क्षेत्र ‘क्लिन स्वीप’ गरेको राश्वपाले जिल्लामा समानुपातिक तर्फपनि सबै भन्दा बढी मत प्राप्त गरेको छ ।

फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत जिल्लामा समानुपातिकतर्फ दुई लाख ४३ हजार ७९ मत गणना भएको थियो । त्यसमध्ये रास्वपाले एक लाख ३१ हजार एक मत प्राप्त गरेको हो ।

दोस्रो स्थानको नेपाली काँग्रेसले ४१ हजार ४ सय ४८ मत प्राप्त गरेको छ । जिल्लामा समानुपातिक तर्फ राश्वपाले –काँग्रेस भन्दा ८९ हजार ५ सय ५३ मत बढी प्राप्त गरेको छ ।

राश्वपा

राश्वपाले दाङ निर्वाचन क्षेत्र नं. १ मा गणना भएको ७७ हजार २ सय ४ मत मध्ये ४३ हजार ८ सय ४४ मत प्राप्त गरेको छ ।
निर्वाचन क्षेत्र नं. २ मा उस्ले गणना भएको ८० हजार ८२ मतमध्ये ४२ हजार ६ सय ५ मत प्राप्त गरेको छ ।

त्यस्तै क्षेत्र नं. ३ मा ८५ हजार ७ सय १३ मत गणना भएको मध्ये ४४ हजार ४ सय ९९ मत उस्ले प्राप्त गरेको छ । रास्वपाले प्रत्यक्षतर्फ जिल्लामा कुल एक लाख ३० हजार ४ सय ९ मत प्राप्त गरेको थियो । दाङमा राश्वपाले प्रत्यक्ष भन्दा समानुपातिक तर्फ ५ सय ९२ मत बढी प्राप्त गरेको छ ।

नेपाली काँग्रेस

नेपाली कांग्रेसले समानुपातिक तर्फ कुल ४१ हजार ४ सय ४८ मत प्राप्त गर्दै जिल्लामा दोस्रो पार्टी बनेको छ । उस्ले क्षेत्र नं. १ मा १४ हजार ३ सय ५५, क्षेत्र नं. २ मा ११ हजार ३ सय ६९ र क्षेत्र नं. ३ मा १५ हजार ७ सय २४ मत प्राप्त गरेको छ ।

काँग्रेसले जिल्लामा प्रत्यक्षतर्फ कुल ४३ हजार २ सय ९१ मत प्राप्त गरेको थियो । उस्का उम्मेदवारले प्राप्त गरेको मत भन्दा समानुपातिक तर्फ काँग्रेसले १ हजार ८ सय ४३ मत कम प्राप्त गरेको छ ।

नेकाप (एमाले)

नेकपा एमाले समानुपातिकतर्फ कुल ३३ हजार ३ सय ५५ मत प्राप्त गर्दै तेस्रो दल बन्यो । उस्ले क्षेत्र नं. १ मा ६ हजार ९ सय ८४, क्षेत्र नं. २ मा १३ हजार ९ सय २६ र क्षेत्र नं. ३ मा १२ हजार ४ सय ४५ मत प्राप्त गरेको छ ।

उस्का उम्मेदवारले प्रत्यक्षतर्फ जिल्ला भर प्राप्त गरेको मत ३४ हजार ३ सय ७ थियो । दाङ – २ बाट एमाले महासचिव शंकर पोखरेल चुनावमा पराजित भएका थिए ।
प्रत्यक्षको तुलनामा एमालेले समानुपातिक तर्फ प्राप्त गरेको मत ९ सय ५२ ले कम हो ।

नेकपा

प्राप्त समानुपातिक मतका आधारमा नेपाली कम्युनिष्ट पार्टी दाङको चौथो बढी मत प्राप्त गर्ने दल हो ।

उस्ले क्षेत्र नं. १ मा ५ हजार ५ सय ३७, क्षेत्र नं. २ मा ७ हजार २ सय ६८ र क्षेत्र नं. ३ मा ८ हजार २ सय ५६ मत प्राप्त गरेको छ । उस्ले जिल्ला भर समानुपातिक तर्फ प्राप्त गरेको कुल मत २१ हजार ६१ हो । जिल्लामा नेकपाका उम्मेदवारले २१ हजार ३ सय ७६ मत प्राप्त गरेका थिए । जो ३ सय १५ ले बढी हो ।

राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक तर्फ दाङको क्षेत्र नं. १ मा १ हजार ९ सय ७, क्षेत्र नं. २ मा १ हजार ७ सय ५६ र क्षेत्र नं. ३ मा २ हजार २ सय २८ समेत गरि कुल ५ हजार ८ सय ९१ मत प्राप्त गरेको छ ।

जो प्रत्यक्ष तर्फ उम्मेदवारले प्राप्त गरेको मत भन्दा २ हजार ७ सय ८२ ले बढी हो ।
राप्रका उम्मेदवारले जिल्लामा ३ हजार १ सय ९ मत मात्रै प्राप्त गरेका थिए ।

श्रम संस्कृति पार्टी

श्रम संस्कृति पार्टीले समानुपातिक तर्फ जिल्लाको क्षेत्र नं. १ मा ७ सय ८, क्षेत्र नं. २ मा ८ सय ७१ र क्षेत्र नं. ३ मा ४ सय ७७ मत प्राप्त गरेको छ ।

जिल्लामा उस्ले प्राप्त गरेको कुल मत २ हजार ५६ हो । यो पार्टीले प्रत्यक्ष तर्फ जिल्लामा अन्य मधेसी पार्टी संग तालमेल गरेको थियो । दाङको क्षेत्र नं. ३ बाट श्रम संस्कृति पार्टीबाट निर्वाचन लडेका टोपबहादुर महतराले २ सय २७ मत प्राप्त गरेका थिए ।

राजमो

जिल्लाका ३ निर्वाचन क्षेत्र मध्य राष्ट्रिय जनमोर्चाले क्षेत्र नं. १ मा १ हजार १ सय ९२, क्षेत्र नं. २ मा २ सय ५३ र क्षेत्र नं. ३ मा १ सय ७८ मत प्राप्त गरेको छ ।

त्यसको योगफल १ हजार ६ सय २३ मत हुन्छ । प्रत्यक्ष तर्फ यो पार्टीका उम्मेदवारले जिल्लामा कुल १ हजार २ सय ९८ मत प्राप्त गरेका थिए । समानुतपातिक भन्दा जिल्लामा राजमोलाई प्रत्यक्ष तर्फ ३ सय २५ मत कम प्राप्त भएको छ ।

नेकपा (माओबादी)

तत्कालिन समय १० बर्षे सशस्त्र युद्ध छोडेर शान्ति प्रक्रियामा आएपछि २०६४ पछि पहिलो पटक निर्वाचनमा सहभागी बनेको (नेकपा माओबादी) समानुपातिक तर्फ जम्मा १ हजार ४ सय ९ मत मात्रै प्राप्त गरेको छ ।

उस्ले क्षेत्र नं. १ मा ७ सय ८ , क्षेत्र नं. २ मा ३ सय ४ र क्षेत्र नं. ३ मा ३ सय ९७ मत प्राप्त गरेको छ । जिल्लाभर उस्ले जम्मा १ हजार ४ सय ९ मत मात्रै प्राप्त गरेको छ ।

नेकपा (माओबादी)का उम्मेदवारहरुले भने जिल्लाका तीन निर्वाचन क्षेत्रवाट गरि कुल १ हजार ८ सय ९७ मत प्राप्त गरेका थिए । यो पार्टीले दाङ – १ र दाङ – ३ मा मात्रै उम्मेदवार प्रतिष्पर्धाका लागि उतारेको थियो । समानुपातिक भन्दा यो पार्टीले प्रत्यक्ष तर्फ ४ सय ८८ मत बढी प्राप्त गरेको छ ।

मंगोल नेसनल अर्गनाइजेसन

समानुपातिक तर्फ मंगोल नेसनल अर्गनाइजेसनले क्षेत्र नं. १ मा ९७, क्षेत्र नं. २ मा ५ सय ७२ र क्षेत्र नं. ३ मा १ सय ९५ मत प्राप्त गरेको छ । कुल ८ सय ६४ मत उस्ले पाएको छ । प्रत्यक्ष तर्फ तीन निर्वाचन क्षेत्रबाट उस्का उम्मेदवारले ८ सय ४२ मत प्राप्त गरेका थिए । जो प्रत्यक्ष भन्दा समानुपातिक तर्फ २२ मत बढी हो ।

नेपाल जनता संरक्षण पार्टी

नेपाल जनता संरक्षण पार्टीले जिल्लामा समानुपातिक तर्फ ४ सय ३७ मत प्राप्त गरेको छ । उस्ले क्षेत्र नं. १ मा १ सय ६६, क्षेत्र नं. २ मा १ सय ५३ र क्षेत्र नं.३ मा १ सय ७८ मत प्राप्त गरेको छ । यो पार्टीले दाङमा प्रत्यक्ष तर्फ उम्मेदवार उठाएको थिएन ।

प्रलोपा

प्रगतिशील लोकतान्त्रिक पार्टीले जिल्ला भरबाट समानुपातिक मत २ सय ७८ मत मात्रै बटुल्न सक्यो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!