२६ जेठ २०८३, मंगलबार
09-06-2026 , Tue
×

घोराही बनाऔँ अभियानद्वारा घोराहीमा यातायातको कार्यालय खोल्न माग,

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, फाल्गुण २८, २०८२

दाङ । घोराही सवारी साधनको लाइसेन्स नवीकरण गर्नेदेखि बिलबुकको राजस्व तिर्न समेत समस्या परेको भन्दै घोराही बनाऔँ अभियानले घोराहीमा यातायात विभागको सम्पर्क कार्यालय खोल्न माग गरेको छ। उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेलाई बिहिबार ज्ञापनपत्र बुझाउँदै अभियानले यस्तो माग गरेको हो ।अभियानका संयोजक सबिन प्रियासनको नेतृत्वको टोलीले मन्त्री न्यौपानेलाई ज्ञापनपत्र बुझाएको हो। यसअघि पनि यस विषयमा अभियानको तर्फबाट पूर्व यातायात मन्त्री रोज राना, जिल्ला समन्वय समिति दाङलगायतका सरोकारवाला निकायलाई ज्ञापनपत्र बुझाउनुका साथै ध्यानाकर्षण गराएको थियो। अभियानको तर्फबाट बुझाइएको ज्ञापनपत्र बुझ्दै यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले यातायातको सम्पर्क कार्यालय घोराहीमा छिटै नै खोल्ने आफूले तयारी गरेको बताउनुभयो । उहाँले जनसरोकारको विषयमा घोराही बनाऔँ अभियानले चासो राखेकोमा धन्यवाद दिनुभयो ।
घोराही बनाऔँ अभियानले बुझाएको ज्ञापनपत्रको पूर्ण पाठ:
श्री माननीय मन्त्रीज्यू
उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय
लुम्बिनी प्रदेश, देउखुरी, दाङ

विषय ः यातायात व्यवस्था कार्यालयको सेवा बिस्तार सम्बन्धमा ।
महोदय,
दाङ जिल्ला भौगोलिक अनि जनसंख्याका हिसाबले पनि अत्यन्त ठूलो छ । दाङको सदरमुकामकारुपमा रहेको घोराही ! क्षेत्रफल र जनसंख्याको हिसाबमा जिल्लाको दशवटै पालिका मध्य ठूलो पालिकामा पर्दछ । दाङको भूगोल विशेष गरी तीन क्षेत्रमा बाँडिएको छ । पूर्वमा देउखुरी उपत्यका छ भने बीचमा घोराही, बंगलाचुली रहेको छ । यसैगरी पश्चिममा तुलसीपुरलगायतका पालिकाहरु रहेका छन् । दाङ क्षेत्रफलका हिसाबले ठूलो जिल्ला भएकाले मुलुकमा लोकतान्त्रिक संघीय गणतन्त्र स्थापना भैसकेपछि जिल्ला सदरमुकाम घोराहीभित्र रहेका अत्यावश्यक सेवाहरु मालपोत, नापी, जिल्ला प्रशासनलगायतका कार्यालयहरुबाट प्रवाह गर्ने सेवाहरुलाई अन्य पालिकामा बिस्तार गरियो । यो कुरा घोराहीबासीले जनताले पाउनुपर्ने अधिकार अनि सुविधा हो भन्ने दृष्टिकोणका साथ सहर्ष स्विकार्रेको अवस्था छ । जसले गर्दा हिँजोका दिनमा ती कार्यालयको सेवा बिस्तारको चर्चा चल्दा घोराहीबासीले खुल्ला मनले समर्थन जनाएकै हुन् । यतिबेला ती कार्यालयका सेवाहरु घोराहीमा मात्र सिमित छैनन् । सेवाका लागि कार्यालयमा अनावश्यक हुने भिडभाडबाट सेवाग्राही र सम्बन्धित कार्यालयहरुले समेत धेरै हदसम्म सहजता प्राप्त गरेको अनुभूति हामीले गरेका छौं ।
यतिबेला व्यापकरुपमा यातायात व्यवस्था कार्यालय तुलसीपुरमा सेवा लिन जाँदा हुने भिडभाडका कारण
सर्वसाधारणले अनावश्यक रुपमा पाउनु परेको सास्ती र समस्याको विषयमा व्यापक जनगुनासोहरु बढेको छ । तसर्थ त्यो कार्यालयमा हुने गरेको थेग्नै नसक्ने भिडभाडलाई कम गराउन सर्वसाधारणलाई सहजरुपमा सेवा बिस्तार गरेर राहत प्रादन गर्ने सवालमा सम्बन्धित निकायहरु जिम्मेवार बन्नुपर्छ भन्ने हाम्रो चाहना छ । सेवाग्राहीले अत्यन्त कष्टकर अनि सास्ती व्यहोरेर यी सेवाहरु वर्षौदेखि लिइरहेको भए पनि अब यस्तो कष्टबाट सेवाग्राहीहरु छुटकारा खोजिरहेका छन् । जसको सुरुवात लूज फोरमकारुपमा रहेको यो घोराही बनाऔं अभियानले सुरु गरेको छ ।
संघीय व्यवस्था जनतालाई सुख दिन आएको हो । तसर्थ सेवाग्राहीहरुको सास्तीलाई कम गर्न, जनतालाई सहज सेवा प्रदान गर्नका लागि यातायात व्यवस्था कार्यालयले दिने सेवा घोराहीमा बिस्तार गर्न हामी जोडदार माग गर्दछौ । घोराहीमा सेवा बिस्तार हुँदा छिमेकी जिल्लाका जनताले समेत यसबाट लाभ लिने अवस्था छ ।
जनतालाई यहाँका कार्यालयहरुले सहजरुपमा सेवा दिएको नदिएको भन्ने अनुगमन, संयोजन, निर्देशन गर्ने, नीति, नियम बनाउनेलगायतका कामहरुको अभिभावकत्व सम्बन्धित मन्त्रालयले गर्ने भएकाले यस विषयमा माननीय मन्त्रीज्यूले विशेषरुपमा चासो लिएर घोराहीमा यातायात व्यवस्था कार्यालयको सेवा बिस्तार गर्नका लागि कदम चाल्नु हुनेछ भन्ने आशा आम घोराहीबासीले लिएका छन् । यस विषयमा विगतमा पनि घोराही बनाऔं अभियानको तर्फबाट पटकपटक ध्यानाकर्षण समेत हुँदै आएको छ । घोराहीमा कार्यालय खोल्ने सवालमा अभियानको तर्फबाट साथ सहयोग समेत हुनेछ । जनताको आवश्यकतासँग जोडिएको यो विषयमा सम्बन्धित कार्यालय, अनि मन्त्रालयले गाम्भीयर्ता नदेखाएमा यसको लागि हामी थप कार्यक्रम तय गरि अगाडी बढ्ने समेत यसै ज्ञापनपत्र मार्फत जानकारी गराउँदछौं ।
सविन प्रियासन
(संयोजक)
घोराही बनाऔं अभियान

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य समायोजन (वृद्धि) गर्ने निर्णय,कच्चा पदार्थको मूल्यमा भएको भारी वृद्धि र ढुवानी खर्च बढेका कारण पुरानै मूल्यमा उद्योग सञ्चालन गर्न नसकिने भन्दै महासंघले मूल्य बढाउने निर्णय गरेको हो । आज एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले हाल पानी उद्योगमा प्रयोग हुने बोतल, क्याप, र्‍यापिङ रोल, जार […]

दाङ । गढवा न्यायमा पहुँच सुनिश्चित गर्न प्रहरी र नागरिक समाजको दायित्वलाई सकेसम्म संवेदनशील, परिणाममुखी अनि सशक्त बनाउने आधार तयार रहेको नेपाल प्रहरी प्रमुख एवम् महानिरीक्षक दानबहादुर कार्कीले उद्घोष गरेका छन् । दाङ जिल्लाको देउखुरी उपत्यका अन्तरगत ईलाका प्रहरी कार्यालय गढवाको परिसरमा बिहीबार दिउँसो आयोजित सभालाई कार्कीले सम्बोधन गरेका थिए । इलाका प्रहरी कार्यालय गढवा, […]

दाङ । सरकारले हालै सरकारी विज्ञापनलाई सरकारी सञ्चार माध्यममा मात्र प्रकाशित र प्रसारित गर्ने निर्णय गरेको छ । यो निर्णयले सम्पूर्ण निजी सञ्चार क्षेत्रलाई आर्थिक रूपमा मात्र होइन, नैतिक तथा व्यावसायिक रूपमा पनि गम्भीर धक्का दिएको छ । यो कदम स्वच्छाचारी मात्र होइन, लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रत्यक्ष प्रहार हो । यसले मुलुकलाई स्वतन्त्र पत्रकारिताबाट वञ्चित गर्दै […]

error: Content is protected !!