२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

स्वर्गद्वारी टिप्पर ब्यवसायिले लगायो दाङ भाइरबाट आउने गाडिहरुलाई चुनढुङ्गा ढुवानि गर्न रोक

Logo
प्रकाशित बिहिबार, आषाढ ३०, २०७९


ABC-SANCHAR
दाङ । स्वर्गद्वारी टिप्पर ब्यवसायि समिति घोराही दाङले जिल्ला भन्दा वाहीरका गाडिहरुलाई चुनढुङ्गा ढुवानि गर्न प्रतिवन्ध लगाउने भएको छ ।

समितिका अध्यक्ष भरतनाथ योगिको अध्यक्षतामा घोराहीमा बसेको बैठकले दाङ भन्दा वाहीरवाट उद्योगले टिप्पर ल्याएर चुनढुङ्गा ढुवानि गर्दा यहाँ चलेका टिप्परहरुलाई समस्या पर्नुका साथै ब्यवसाय नै धरासायी पर्ने अवस्था आएकाले जिल्लाका सरोकारवालासंग समन्वय गरेर वाहीरका टिप्परहरुलाई दाङका विभिन्न सिमेण्ट उद्योगवाट वोक्ने चुनढुङ्गा पुर्णरुपमा ढुवानि गर्न नदीने निर्णय गरेको बैठकपछि सचिव रमेश डाँगिद्वारा जारी विज्ञप्तीमा उल्लेख गरीएको छ

स्वर्गद्वारी टिप्पर ब्यवसायि समितिले
सचिव डाँगिका अनुसार वाहीरवाट आएका टिप्परहरुलाई उद्योगले पनि इन्ट्री नगरी दिनका लागि जिल्लाका सिमेण्ट उद्योगहरुलाई समितिकोतर्फवाट पत्राचार गर्ने निर्णय गरेको छ । त्यसैगरेर खानि क्षेत्रवाट सिमेन्ट उद्योगसम्म चुनढुङ्गा ढुवानि गर्दा लाग्ने टिप्परको भाडा हेरफेर गर्नका लागि समितिले वार्ता समिति बनाएको छ ।

अहिलेको अवस्थामा दिनप्रतिदिन डिजेल वढ्दो अवस्थामा रहेको र गाडिका पार्टशका मुुल्यहरुमा वृद्धी भएपनि चुनढुङ्गा भाडादर भने पहिलेकै अवस्थामा रहेकाले सोही भाडामा चुनढुङ्गा ढुवानिगर्दा ब्यवसायिको अवस्थामा एकदमै कठिनाई र चल्न नसक्ने अवस्थाले भाडा समायोजन गर्न बैठकले माग गरेको हो

बैठकले बढ्दो डिजेल र गाडिको पार्टशलाई समायोजन गर्ने गरी भाडा समायोजनका लागि खानि क्षेत्र वङ्गलाचुलिको थारादेखी सम्राट सिमेन्ट उद्योग सम्मको प्रतिटन एघार सय, घोराही तापादेखीको भाडा प्रति टन ८ सय र सोनादेखी दुविडाडासम्मको भाडा प्रति टन ८ सय गराउने सर्वसम्मत निर्णय गरेको छ ।

सिमेण्ट उद्योगवाट खानिसम्मको चुनढुङ्गा ढुवानि भाडा दर कायम गराउन उद्योग पक्षसंग वार्ता गर्न समितिका अध्यक्ष भरतनाथ योगिको संयोजकत्वमा सचिव रमेश डाँगि,ब्यवसायिहरु खगेन्द्र बुढा, सुरज पोखरेल, कमल पौडेल, कृष्ण रायमाझी वार्ता समिति गठन गरीएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!