२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

स्वर्गद्वारी टिप्पर ब्यवसायिले लगायो दाङ भाइरबाट आउने गाडिहरुलाई चुनढुङ्गा ढुवानि गर्न रोक

Logo
प्रकाशित बिहिबार, आषाढ ३०, २०७९


ABC-SANCHAR
दाङ । स्वर्गद्वारी टिप्पर ब्यवसायि समिति घोराही दाङले जिल्ला भन्दा वाहीरका गाडिहरुलाई चुनढुङ्गा ढुवानि गर्न प्रतिवन्ध लगाउने भएको छ ।

समितिका अध्यक्ष भरतनाथ योगिको अध्यक्षतामा घोराहीमा बसेको बैठकले दाङ भन्दा वाहीरवाट उद्योगले टिप्पर ल्याएर चुनढुङ्गा ढुवानि गर्दा यहाँ चलेका टिप्परहरुलाई समस्या पर्नुका साथै ब्यवसाय नै धरासायी पर्ने अवस्था आएकाले जिल्लाका सरोकारवालासंग समन्वय गरेर वाहीरका टिप्परहरुलाई दाङका विभिन्न सिमेण्ट उद्योगवाट वोक्ने चुनढुङ्गा पुर्णरुपमा ढुवानि गर्न नदीने निर्णय गरेको बैठकपछि सचिव रमेश डाँगिद्वारा जारी विज्ञप्तीमा उल्लेख गरीएको छ

स्वर्गद्वारी टिप्पर ब्यवसायि समितिले
सचिव डाँगिका अनुसार वाहीरवाट आएका टिप्परहरुलाई उद्योगले पनि इन्ट्री नगरी दिनका लागि जिल्लाका सिमेण्ट उद्योगहरुलाई समितिकोतर्फवाट पत्राचार गर्ने निर्णय गरेको छ । त्यसैगरेर खानि क्षेत्रवाट सिमेन्ट उद्योगसम्म चुनढुङ्गा ढुवानि गर्दा लाग्ने टिप्परको भाडा हेरफेर गर्नका लागि समितिले वार्ता समिति बनाएको छ ।

अहिलेको अवस्थामा दिनप्रतिदिन डिजेल वढ्दो अवस्थामा रहेको र गाडिका पार्टशका मुुल्यहरुमा वृद्धी भएपनि चुनढुङ्गा भाडादर भने पहिलेकै अवस्थामा रहेकाले सोही भाडामा चुनढुङ्गा ढुवानिगर्दा ब्यवसायिको अवस्थामा एकदमै कठिनाई र चल्न नसक्ने अवस्थाले भाडा समायोजन गर्न बैठकले माग गरेको हो

बैठकले बढ्दो डिजेल र गाडिको पार्टशलाई समायोजन गर्ने गरी भाडा समायोजनका लागि खानि क्षेत्र वङ्गलाचुलिको थारादेखी सम्राट सिमेन्ट उद्योग सम्मको प्रतिटन एघार सय, घोराही तापादेखीको भाडा प्रति टन ८ सय र सोनादेखी दुविडाडासम्मको भाडा प्रति टन ८ सय गराउने सर्वसम्मत निर्णय गरेको छ ।

सिमेण्ट उद्योगवाट खानिसम्मको चुनढुङ्गा ढुवानि भाडा दर कायम गराउन उद्योग पक्षसंग वार्ता गर्न समितिका अध्यक्ष भरतनाथ योगिको संयोजकत्वमा सचिव रमेश डाँगि,ब्यवसायिहरु खगेन्द्र बुढा, सुरज पोखरेल, कमल पौडेल, कृष्ण रायमाझी वार्ता समिति गठन गरीएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आदरणीय दाजुभाई, दिदी बहिनी तथा साथीहरु, म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धिकरण सम्बन्धि अनुसन्धान सुरु गरिएको भन्ने जानकारी संचारमाध्यमबाट थाहा पाएँ । म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु । नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश […]

बाँके । सुर्खेत रोडस्थित धम्बोझी चोकदेखि कारकाँदो चोकसम्म नालीको किनारबाट दुई मिटर फुटपाथ निर्माण गरी बृक्षारोपण समेत गर्ने योजना अनुरुप काम अघि बढाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण गरी बनाइएका अवैध संरचनामाथि डोजर चलाएको छ । अवैध संरचना हटाउन सूचना निकालेर तोकता गरे पनि अटेर गरिएपछि डोजर चलाएर संरचना हटाउन थालिएको नगर प्रमुख प्रशान्त […]

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले सन्तुलित र व्यवहारिक कूटनीति अपनाउँदै शान्तिलाई साझा प्राथमिकतामा राख्ने बताएका छन् । प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपालस्थित विभिन्न मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई संयुक्त रुपमा ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री कार्यालयमा बोलाएर उनले नेपालको परराष्ट्र नीतिको प्राथमिकताबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र […]

error: Content is protected !!