०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

छात्रालाई भित्री बस्त्र खोल्न भने पछी हेटौँडा क्याम्पसमा तनावग्रस्त २ कार्यालय सहयोगी निलम्बित

Logo
प्रकाशित बुधबार, साउन ०४, २०७९

ABC-Sanchar
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-४ स्थित हेटौँडा क्याम्पसमा परीक्षा दिन पुगेका दुई छात्रालाई चिट लुकाएको भन्दै दुर्व्यवहार गरेको आरोप लागेका कार्यालय सहयोगीलाई निलम्बन गरिएको छ ।

क्याम्पस प्रशासनले सर्वपक्षीय बैठक राखेर दुईजना कार्यालय सहयोगीलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

विद्यार्थीहरूले दोषीलाई कारबाहीको माग गर्दै आज क्याम्पस परिसरमा नाराबाजी र तोडफोड गरेका थिए ।

सम्बन्धित समाचार : चिट लुकाएको भन्दै हेटौँडा क्याम्पसमा छात्राहरूमाथि ‘दुर्व्यवहार, विरोधमा उत्रेका विद्यार्थीले गरे तोडफोड

मकवानपुरमा क्रियाशील विद्यार्थी सङ्गठनका प्रतिनिधि, अभिभावक तथा क्याम्पस प्रमुख रहेको सर्वपक्षीय बैठकले दुई कर्मचारीलाई अब कुनै पनि परीक्षा सञ्चालनमा सहभागी हुन नपाउने गरी निलम्बन गर्ने सहमति गरेको हो ।

बैठकले चार बुँदे सहमतिसहित ३ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी छानबिन समिति पनि बनाएको छ ।

अब हुने परीक्षालाई भयरहित बनाउने, क्याम्पसको पठनपाठन शान्तिपूर्वक सञ्चालन गर्ने समेत सहमति भएको हेटौँडा क्याम्पसमा सहायक क्याम्पस प्रमुख देवीराम लामाले बताए ।

मकवानपुर बहुमुखी क्याम्पसबाट परीक्षाको लागि हेटौँडा क्याम्पस पुगेका दुई छात्राले कर्मचारीले आफूहरूलाई दुर्व्यवहार गरेको बताएका थिए ।

‘चिट लुकाएको’ भन्दै भन्दै आफूहरूको भित्री वस्त्रसमेत खोल्न लगाइएको ती छात्राको दाबी छ ।

पीडित विद्यार्थीले आफू महिनावारी भएको र ‘प्याड’ प्रयोग गरेको भन्दा समेत कर्मचारीले ‘प्याड’ मा समेत चिट हुन्छ भन्दै खोल्न लगाएको बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!