२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

डिआईजी सुदिप गिरीले जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमणमा

Logo
प्रकाशित बुधबार, साउन ०४, २०७९

ABC (क्राईमबिट)
काठमाडौँ । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले आज जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण गर्नु भएको छ ।

निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरु समेतको निरीक्षण गर्नु भई कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिनु भएको थियो । निर्देशनको क्रममा वहाँले नागरिकको जीउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा, सेवाग्राहीसँग समान व्यवहार, नैतिकता र अनुशासित भई प्रहरी संठन र कार्यालयको गरिमा बढाउने कार्य गर्न निर्देशन दिनु भयो । प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरी प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गर्न र आत्महत्या तथा सवारी दुर्घटना न्युनिकरणका लागि बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु सन्चालन गर्न तथा खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न सिमा क्षेत्रहरुमा कडाईका साथ प्रहरी परिचालन गर्ने र भारतिय काउण्टर पार्टस संग समेत समन्वय गरी सुरक्षा ब्यवस्थालाई मजवुद बनाउन निर्देशन दिनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!