२९ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

बिदाको दिन यातायात कार्यालय दाङको सरकारी मोटरसाइकल दुरुपयोग

Logo
प्रकाशित शनिबार, साउन ०७, २०७९


(सागर थापा)
दाङ । जनप्रतिनिधि तथा कर्मचारीलाई दिइएको मोटरसाइकल जिप,कारलगायत सवारीसाधनमा घरायसी कामकाजमा ब्यापक प्रयोग भइरहेको भेटिएको छ ।

शनिबार,सार्वजनिक बिदाका दिन जिल्ला प्रशासनबाट अनुमति लिएर मात्रै सञ्चालन गर्नुपर्ने भए कर्मचारी र जनप्रतिनिधिले सरकारी सवारी आफ्नो निजि कामको लागि चलाउने गरेको भेटिएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट पटक पटक घरायसी तथा अनावश्यक काममा सवारी प्रयोग नगर्न आग्रह गरे पनि सवारी साधनको दुरुपयोग रोकिएको छैन ।

कर्मचारीहरुले सवारी साधनमा पारिवारिक कामकाजका लागि प्रयोग गरिरहेका छन् । साथै उनीहरुले बजारमा फलफूल तरकारी दुध किन्न र समेत सरकारी गाडी नै प्रयोग गरिरहेका हुनछन् ।

कर्मचारीले दिएको जिम्मेवारी भन्दा व्यक्तिगत व्यावसायिक कामका लागि सरकारी साधन दुरुपयोग भएपछि स्थानीय आक्रोशित भएका छन् ।

सार्वजनिक बिदा शनिबार दाङको भालुवाङ बजारमा यातायात कार्यालय दाङ भालुवाङको बा.२ ब. ३५७३ नम्बरको सरकारी मोटरसाई फलफूल र तरकारी दुध किन्नमा चरम दुरुपयोग मात्र होइन, ट्राफिक नियमको उल्लंघन समेत गरेको पाइएको छ । यस्तै शनिबार बिहान् प्युठान बन कार्यालयको सरकारी मोटरसाइकल प्रशासनको बिना पास भालुवाङको एक होटलमा दुरुपयोग गरेको पाइएको छ । अस्थायी ट्राफिक पोस्ट भालुवाङलाई एबिसी संचारको पत्रकार सन्तोष थापा क्षेत्रीले जानकारी गराए पछी मोटरसाइकल प्युठान फर्काएको थियो

यता जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारले सार्वजनिक बिदाको दिन ट्राफिक प्रहरीले चेकजाँचको क्रममा सरकारी सवारी साधन भेटाए सम्म जरिवाना कार्वाही र अबदेखि पास बिना
नचलाउन सम्झाई बुजाई छोडेको बताए ।

यता दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सरकारी सवारीसाधन दुरुपयोग नियन्त्रण गरिने आश्वासन दिएका छन । त्यस्तै उनले सरकारी कर्मचारीलाई पटक पटक निर्देशन र अनुरोध गरेको पनि बताए । हामीले सबैलाई अनुरोध र निर्देशन गरेकै हुन्छौँ,ट्राफिक प्रहरीलाई निर्देशन समेत दिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!