१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

पुर्वप्रधानमन्त्री केपी ओलीका बुवा मोहनप्रसाद ओलीको पशुपति आर्यघाटमा अन्तिम संस्कार,

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, फाल्गुण २९, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीको शुक्रबार दिउँसो पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।

उनका बुवा मोहनप्रसादको शुक्रबार बिहान निधन भएको हो।

पशुपति आर्यघाटमा ‌पूर्वप्रधानमन्त्री ओलीसँगै पत्नी राधिका शाक्य पनि उपस्थित थिइन्। पूर्वप्रधानमन्त्री ‌ओलीलाई समवेदना दिन तथा उनका बुवा मोहनप्रसादलाई श्रद्धाञ्जलि दिन एमाले र नेकपाका नेताहरूसहित अन्य दलका महत्त्वपूर्ण नेताहरू आर्यघाट पुगेका थिए।

पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा शुक्रबार बिहान गठ्ठाघरस्थित एक अस्पतालमा निधन भएको हो। अस्पतालका अनुसार केही समययता मोहनप्रसाद अस्वस्थ थिए।

उनको पार्थिव शरीर अस्पतालबाट गुण्डु लगी अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिएको हो।

स्वर्गीय ओलीका दुई छोरा र तीन छोरी छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!