२९ साउन २०८३, शुक्रबार
14-08-2026 , Fri
×

दाङमा भाईरल ज्वरोका विरामीहरु बढदै ज्वरोकै कारण विद्यालयहरु बन्द

Logo
प्रकाशित बिहिबार, साउन १२, २०७९

(ABC-Sanchar)
दाङ । घोराही भित्रका निजि विद्यालयहरु चार दिनका लागि बन्द भएका हुन । मंगलबारदेखि शुक्रबारसम्म घोराहीका निजि विद्यालयहरु बन्द गर्ने निजि विद्यालय अन्तर्गतका संगठनहरुले संयुक्त निर्णय गरेर कार्यान्वयन गरेका छन् ।

जिल्लाको तुलसीपुरमा पनि भाइरल ज्वरोका विरामीहरु बढेका छन् । दाङको तुलसीपुर ४ रक्षाचौर स्थित गुरुजजुर माबिमा प्रत्येक दिन विद्यार्थीहरु विरामी हुने गरेका छन् । विद्यालयका सहायक प्रधानाध्यापक प्रमोद न्यौपानेका अनुसार दैनिक ५० जना रहेको एउटा कक्षामा मात्रै ७÷८ जनामा भाइरल ज्वरोको समस्या देखिने गरेको छ ।

उक्त विद्यालयको एउटा कक्षामा ५० जना जति विद्यार्थी रहेको र ति मध्ये दैनिक ७÷८ जना विद्यार्थीहरु भाइरलको संक्रमणले थला पर्ने गरेका छन । दिन प्रतिदिन विरामीमा ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्नेजस्ता समस्या देखिन थालेका छन् ।

त्यस्तै तुलसीपुर स्थित ग्रेट अरणीको माविमा अध्ययनरत विद्यालयका विद्यार्थीहरुमा पनि त्यस्तै समस्या देखिन थालेको छ । स्कुलका प्रिन्सीपल विष्णु कुमार देवकोटाका अनुसार विरामीकै कारण दैनिक ४÷५ जना विद्यार्थीहरु ज्वरो आएकै कारण विद्यालयमा अनुपस्थित हुने गरेका छन् ।

भाइरल विरामीले नै अहिले स्वास्थ्य संस्थामा विरामीको संख्या भरिभराउ हुन्छ । तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य पर्बद्धन शाखाका सिनियर अहेब विष्णु गिरीले स्वास्थ्य सस्थामा आउने ५० प्रतिशत विरामी भाइरलजन्य नै हुने गरेको बताए ।

उनका अनुसार अहिले उपमहानगरपालिका भित्रका हरेक स्वास्थ्य संस्थामा आउने विरामीमध्ये ५० प्रतिशत विरामीहरु भाइरल ज्वरोकै रहेका छन । मौसम परिबर्तन हुँदा भाइरल ज्वरोका विरामीहरु बढेका हुन ।

भाइरलका विरामी बढ्न थालेपछि अहिले अभिभावकहरुलाई पनि भाइरल भएका विद्यार्थीहरुलाई उपचार गराएर घरमै आराम गराउन आग्रह गरेको उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । चन्द्रौटा स्थित बैंकमा रकम जम्मा गर्न आएका एक व्यक्तिबाट नक्कली नोट फेला परेको छ। जाँचका क्रममा फेला*: बैंकले रकम गन्दा वा मेसिनमा जाँच्दा नक्कली नोट पत्ता लागेको कारबाही प्रक्रिया*: यस्तो अवस्थामा बैंकले तुरुन्त प्रहरीलाई खबर गरेर नोट र सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिने प्रचलन छ । अनुसन्धान नोट कहाँबाट आयो, कसले दिएको हो भन्ने […]

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट एकल बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि एकपछि अर्को गरी कर्मचारीहरूको मान मर्दन गर्ने काम भइरहेको छ । मुख्यगरी सरकारका मन्त्री, प्रधानमन्त्री शाहको सचिवालय र सत्तारुढ दल रास्वपाका सांसदहरूबाट स्थायी सरकार (निजामती कर्मचारी)को मानमर्दन गर्ने काम भइरहेको छ । […]

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]