२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

साढे २ करोड बीमाको पैसा पाउने लोभले युवकको हत्या गर्ने ६ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, साउन १३, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । बीमाको पैसा लिनका लागि एक युवकको हत्या भएको खुलेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोले आज शुक्रबार पत्रकार सम्मेलन गरी बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन बिकको हत्या र हत्यापश्चात् २ करोड ५० लाख रुपैयाँको बीमा असुल गरिए पछि बीमाको पैसा लिनका लागि हत्या गरिएको रहस्य खुलाएको हो ।

प्रहरीले बिकको हत्या र हत्यापश्चात् बीमा रकम असुल गरिएको घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाँके कोहलपुर–२ का २१ वर्षीय सपना मल्ल, स्याङ्जा वालिङ–६ घर भई हाल बाँकेको कोहलपुर–११ बस्ने ३१ वर्षीय सञ्जीव अर्याल, कोहलपुर–१५ का ३२ वर्षीय सरदार अहमद खाँ, बाँकेकै बैजनाथ गाउँपालिका–८ बस्ने ३३ वर्षीय टोपबहादुर राना क्षेत्री, दीपक केसी र ललिता सापकोटा रहेका छन् ।

अनुसन्धान ब्यूरोले शुक्रबार पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो ।

प्रहरीले उनीहरु विरूद्ध सङ्गठित अपराध र ठगीमा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!