२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सडकमा हिड्ने बटुवा विद्यार्थीलाई वारपार गर्न जेब्रा क्रसिङ निर्माण दाङ ट्राफिक

Logo
प्रकाशित शनिबार, साउन १४, २०७९

 

ABC (क्राईमबिट)

दाङ । राप्ती गाउँपालिकाको सिसहनियाँ बजारसहित विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको छ ।

सडकमा हिड्ने बटुवा तथा विद्यार्थीहरूलाई बाटो वारपार गर्न सहज होस भन्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय सिसहनियाँले राप्ती गाउँपालिकाको सहयोगमा पुर्व पश्चिम राजमार्ग अन्तरगत सिसहनियाँ बजार, पिपरी, बिजाैरी र पहरूवामा जेब्रा क्रसिङ निर्माण गरिएको इलाका प्रहरी कार्यालय सिसहनियाँका प्रमुख तथा प्रहरी नायव निरिक्षक जीवन केसीले जानकारी दिएका छन् ।

सिसहनियाँ बजार क्षेत्र, पिपरी तथा बिजाैरी बजार क्षेत्र र पहरूवामा बढी सवारी दुर्घटना हुने क्षेत्र भएकोले जेब्रा क्रसिङ निर्माण गरिएको प्रहरी नायव निरिक्षक केसीले बताए ।

जेब्रा क्रसिङ नहुँदा बटुवा तथा विद्यार्थीहरु जताततै बाटो काट्ने गरेकाले दुर्घटनाको जोखिम बढेको थियो । जेव्रा क्रसिङले सजक गराउने भएपनि जेब्रा क्रसिङ नहुँदा जोखिम मोलेर यात्रा गर्न यात्रु बाध्य थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!