१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

सडकमा हिड्ने बटुवा विद्यार्थीलाई वारपार गर्न जेब्रा क्रसिङ निर्माण दाङ ट्राफिक

Logo
प्रकाशित शनिबार, साउन १४, २०७९

 

ABC (क्राईमबिट)

दाङ । राप्ती गाउँपालिकाको सिसहनियाँ बजारसहित विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको छ ।

सडकमा हिड्ने बटुवा तथा विद्यार्थीहरूलाई बाटो वारपार गर्न सहज होस भन्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय सिसहनियाँले राप्ती गाउँपालिकाको सहयोगमा पुर्व पश्चिम राजमार्ग अन्तरगत सिसहनियाँ बजार, पिपरी, बिजाैरी र पहरूवामा जेब्रा क्रसिङ निर्माण गरिएको इलाका प्रहरी कार्यालय सिसहनियाँका प्रमुख तथा प्रहरी नायव निरिक्षक जीवन केसीले जानकारी दिएका छन् ।

सिसहनियाँ बजार क्षेत्र, पिपरी तथा बिजाैरी बजार क्षेत्र र पहरूवामा बढी सवारी दुर्घटना हुने क्षेत्र भएकोले जेब्रा क्रसिङ निर्माण गरिएको प्रहरी नायव निरिक्षक केसीले बताए ।

जेब्रा क्रसिङ नहुँदा बटुवा तथा विद्यार्थीहरु जताततै बाटो काट्ने गरेकाले दुर्घटनाको जोखिम बढेको थियो । जेव्रा क्रसिङले सजक गराउने भएपनि जेब्रा क्रसिङ नहुँदा जोखिम मोलेर यात्रा गर्न यात्रु बाध्य थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लुम्बिनी प्रदेश विपद् व्यवस्थापन गुल्म, तुलसीपुर दाङबाट पाल्नुभएका प्रहरी सहायक निरीक्षक ऐन कुमार थापाज्यूको नेतृत्वमा रहेको दक्ष प्राविधिक टोलीले उक्त प्रशिक्षण प्रदान गरेको हो। ​दिउँसो २:०० बजेदेखि ४:०० बजेसम्म सञ्चालित यस कार्यक्रममा विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरू, शिक्षक-शिक्षिका तथा कर्मचारीहरू गरी जम्मा २५० जनाको सक्रिय सहभागिता रहेको थियो। ​प्रशिक्षणका मुख्य विषयहरू: […]

काठमाडौं । गौसलादेखि मित्रपार्क हुँदै चाबेलसम्मको अस्तव्यस्त व्यवस्थापन सवारी साधनलाई सम्हालेपछि उनले थुप्रै सुधारका कार्यहरू अगाडि बढाउँदै थिए । तर, त्यही बीचमा देशमा भएको जेनजी आन्दोलनको राप र तापले गौशाला वृत्तलाई पनि अछुतो राखेन। आन्दो’लनका क्रममा आफ्नै कार्यक्षेत्र र कार्यालय का तल्लो दर्जाका प्रहरीहरूको सवारी जलेर नष्ट भए जुन कुनै पनि कार्यालय प्रमुखका लागि एउटा […]

दाङ । भालुवाङ राप्ती गाउँपालिकाले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले चलाएको कार्यक्रममा एउटा स्नेहपुर्ण दृश्यले सबैको मन छोएको छ। स्कुले बालिका र गाउँपालिका अध्यक्ष प्रकाश बिष्टबीचको आत्मीयता। औपचारिक भाषणभन्दा पनि त्यो स्नेहले देखाइदियो – बालबालिकाले खोजेको भनेको पाठ्यपुस्तक मात्र होइन, स्नेहपुर्ण अभिभावकत्व पनि हो। पढाइमा मात्र होइन, आत्मविश्वास, नेतृत्व र सीप बढाउने अभ्यास जनप्रतिनिधि भनेको […]

error: Content is protected !!