२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

विदेश जानेको सबै प्रक्रिया बुझेर मात्र परिवारलाई जान गृह मन्त्रालयको आग्रह

Logo
प्रकाशित आइतबार, साउन १५, २०७९

ABC (क्राईमबिट)
काठमाडौँ । परिवारका कुनै सदस्य विदेश जाँदै भए सम्पूर्ण प्रक्रिया पुरा गरेको छ छैन त्यसबारे बुझ्न सरकारले सबैमा आग्रह गरेको छ ।

पछिल्लो समय नेपाली नागरिकहरु भिजिट भिसामा विदेशमा गएर अलपत्र पर्ने, काम नपाउने, गन्तव्य मुलुकबाट प्रवेश निषेध भई फिर्ता हुने लगायतका कठिनाइहरू भोगिरहेको गुनासो आउन थालेपछि गृह मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

मन्त्रालयका अनुसार भिजिट भिसा विदेशमा काम गर्ने, श्रम गर्ने, रोजगारीमा जाने भिसा नभई विशुद्ध भ्रमण प्रयोजनको लागि मात्र प्रयोग गर्नुपर्ने भिसा भएकोले विदेशमा काम खोज्ने, रोजगारीमा संलग्न हुने मनसाय राखी भिजिट भिसामा विदेशमा जाँदा काम नपाउने, अलपत्र पर्ने क्रम बढिरहेको छ ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणीन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गैर कानुनी रूपमा विदेशमा गई समस्यामा परेका नागरिकहरूलाई उद्धार गरी स्वदेश ल्याउनुपर्ने अवस्थामा बिमा, क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन समेत नेपाल सरकारसँग कुनै कानुनी आधार नरही त्यस्ता व्यक्तिहरू झन् ठुलो कठिनाइमा पर्ने अवस्था हुन्छ ।’

स्थानीय तहले आफ्नो क्षेत्रभित्रका नागरिक विदेशमा भ्रमण वा रोजगारीको सिलसिलामा जाँदा त्यस्ता व्यक्तिहरूको अभिलेखन तथा आवश्यक कानुनी प्रक्रियाको सहजीकरण तथा परामर्श प्रदान गर्ने व्यवस्था मिलाउन विज्ञप्तिमा अनुरोध गरिएको छ । ‘भिजिट भिसामा विदेशमा जानेहरूले भ्रमण भिसाको प्रयोग पर्यटकको रूपमा मात्र गर्नुहुन र भ्रमण भिसाको प्रयोग गरी विदेश गएर सुरक्षित श्रम तथा रोजगारीको प्रलोभनमा नपर्न यस मन्त्रालय सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!