२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

जनताको कुनैपनि समस्या दलको मुद्दा बन्न सकेन् : रबि लामिछाने

Logo
प्रकाशित शुक्रबार, साउन २०, २०७९

(ABC-Sanchar)
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकका समस्या ठूला दलहरुको मुद्दा बन्न नसकेको बताएका छन् ।
नागरिकले दैनिक जीवनमा भोगिरहेका समस्यालाई आफ्नो पार्टीले मुख्य एजेन्डा बनाएको बताएका हुन् । दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रा एजेण्डा अरु पार्टीका घोषण पत्र जस्ता छैनन् ।

जनता हाम्रा मालिक हुन्, उनीहरुसँग जोडिएका समस्याहरु नै हाम्रो पार्टीको मुल मुद्दा हुन् । यसबाट हामी बिचलित हुदैनौँ ।’

उनले आफ्नो पार्टीले जनताकै मुद्दा उठाएर चुनाव जित्ने र जनताका मुद्दाहरुको एजेन्डा बेकेर सिंहदरबारको यात्रा तय गर्ने समेत दाबी गरे । ‘हेर्नुहोला, सुन्नुहोला, रेकर्ड गर्नुहोला, हामीले छिट्टै जनताको मुद्दाहरुमा टेकेर सिहदरबारको यात्रा तय गर्नेछौँ ।’

अहिलेका दलहरुले देशमा भष्टाचार बढाउने र जनतालाई मुलुक भित्रैबस्नै नसकिने स्थिति सिर्जना गरेको उनले अरोप लगाए । उनले त्यसको विकल्पमा राष्ट्रिय स्वतन्त्र पार्टी खडा भएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्। ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित […]

दाङ । कोइलाबास साविकको राप्ती अञ्चल छँदाखेरि अञ्चलका पाँच जिल्लाका बासिन्दाले नून खाने एउटामात्र नाका थियो कोइलावास । यो हाल दाङको देउखुरीमा गढवा गाउँपालिका वडा नम्बर – ८ मा पर्दछ । त्यहीँ नजिकै नेपाल प्रहरी चौकी छ अलिकति उतापट्टी सशस्त्र प्रहरी पनि छ । त्यहीँ रहेको सार्वजनिक सौचालय हेरिसक्नुको छैन । फ़ोहोरको डम्पिङ साइट नै […]

काठमाडौं । सर्वोच्च अदालतको परमादेशअनुसार म्याद थप गर्न नपाइने भएपछि, ठोस प्रमाण नभेटिएकाले सरकारी वकिल कार्यालयले मुद्दा चलाउन अस्वीकार गरेको छ। त्यसअनुसार उहाँहरूलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ। यस घटनाले हाम्रो सुरुदेखिको दाबी सही रहेको पुष्टि गर्दै बालेन्द्र शाह र सुधन गुरुङको प्रतिशोधपूर्ण राजनीति छताछुल्ल भएको स्पष्ट भएको छ। साथै, यो घटानामा निष्पक्ष […]

error: Content is protected !!