२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

लोकतान्त्रिक समाजवादी पार्टी सरकारमा जान प्रधानमन्त्रीसँग छलफल गर्दै

Logo
प्रकाशित आइतबार, साउन २२, २०७९


ABC-Sanchar
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने भएको छ ।

प्रधानमन्त्री देउवा लोसपालाई सरकारमा ल्याउने पक्षमा रहेपनि सत्ता गठबन्धनभित्र कुरा नमिल्दा सरकारमा जान सकिरहेको छैन । जनता समाजवादी पार्टीले लोसपालाई सरकारमा ल्याउन इच्छुक छैनन् ।

लोसपाका नेताहरुले प्रधानमन्त्रीसँग हुने भेटघाटमा सरकारमा सहभागितासहित आफ्ना कार्यकर्तामाथि लगाइएका राजनीतिक मुद्दा फिर्ता लिने सम्बन्धमा पनि कुरा हुने लोसपा नेता शरतसिंह भण्डारीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!