०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

रुकुममा प्रहरीको भ्यान दुर्घटना १ जना प्रहरीको मृत्यु डिएसपीसहित ५ घाइते

Logo
प्रकाशित शनिबार, साउन २८, २०७९


ABC (क्राईमबिट)
रुकुमपूर्व । पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ११ सेरामा नेपाल प्रहरी र शसस्त्र प्रहरीका डिएसपी सवार प्रहरीको भ्यान दुर्घटनामा परेको छ ।

लु १ झ ६६० नम्बरको टाटा भ्यान तल्लो सेरामा दुर्घटना हुँदा एक जना प्रहरी जवानको मृत्यु भएको छ । मृतकको नाम खुलेको छैन । उक्त भ्यान जिल्ला सदरमुकाम रुकुमकोटबाट तकसेरा जाँदै गरेको थियो ।

आज बिहान ११ बजेतिर भएको दुर्घटनामा परी जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश डाँगी र शसस्त्र प्रहरीका डिएसपी सहित ३ जना प्रहरी जवान तथा गाडी चालक घाइते भएको पुथाउत्तरगंगा गाउँकार्यपालिकाका प्रवक्ता टिकासाई घर्तीले जानकारी दिनुभएको छ ।

घाइते मध्य केहिको अवस्था गम्भिर रहेको घर्तीले बताउनुभयो । उहाँकाअनुसार दुवै डिएसपीको अवस्था भने सामान्य रहेको छ । इलाका प्रहरी कार्यालय तक अनुगनमका लागि डिएसपी साबहरुको टोली तक गएको एक प्रहरीले जानकारी दिएका छन ।

घटनाको थप विवरण आउँन बाँकी छ । घाइतेलाई लिन सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर उडिसकेको जिल्ला प्रहरी कार्यालय रुकुम पूृर्वले जनाएको छ । गाडि सडकबाट करिब १ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!