२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सशस्त्र प्रहरी आईजिपी राजु अर्यालद्वारा बाहिनी र मातहत इकाईहरुको निरीक्षण

Logo
प्रकाशित बिहिबार, भाद्र ०२, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक आईजीपी राजु अर्यालले बुधबार सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र सो बाहिनी मातहत इकाईहरुको निरीक्षण गरेका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले निरीक्षण भ्रमणको क्रममा सो बाहिनी र बाहिनी मातहत इकाईहरुका प्रमुखसँग सुरक्षा सम्बन्धी विविध विषयमा छलफल तथा अन्तरक्रिया गरी त्रुटिरहित ढंगबाट कार्यसम्पादन गर्न निर्देशन समेत दिए ।

यसअघि साउन ३१ गते धनुषास्थित जनकपुरधाममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको समुपस्थितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल वीच शान्ति सुरक्षामा समन्वय, सहकार्य र सहयोग सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]