२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

गण्डकी प्रदेशका डीआईजी जोशीले गरे प्रदेश मातहतका कार्यालय प्रमुखसंग सम्झौता

Logo
प्रकाशित सोमबार, भाद्र ०६, २०७९

ABC (क्राईमबिट)
पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रामदत्त जोशीले प्रदेश मातहतका प्रहरी कार्यालयका प्रमुखहरुसंग एकवर्षे कार्ययोजना सम्बन्धी कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त कार्यक्रममा डीआईजी जोशीले पोखरा उपत्यकामा रहेका प्रहरी कार्यलयका प्रमुखहरुसंग भौतिक उपस्थितिमा हस्ताक्षर गरे भने उपत्यका बाहिरका सबै जिल्ला प्रहरी कार्यालय, विशेष सुरक्षा प्रहरी गण, नेपाल प्रहरी स्कुल तथा विपद् व्यबस्थापन गुल्म बाग्लुङ लगायतका कार्यलय प्रमुखहरुसंग भिडियो कन्फेरेन्स मार्फत कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै डीआईजी जोशीले नेपाल प्रहरीले विगत देखी नै सम्पादन गर्दै आईरहेका विविध गतिविधिहरुलाई थप परिस्कृत र व्यवस्थित बनाउन लक्ष्य निर्धारण गरी कार्यसम्पादन सम्झौता अनुरुप काम गर्दा संगठनको सुदृढिकरण साथै परिणाममुखी प्रहरी सेवा प्रवाह गर्न मार्गदर्शन प्रदान गर्ने विश्वास व्यक्त गरे । साथै सम्पूर्ण कार्यालयहरुले कार्ययोजना अनुरुपको कार्य-सम्पादनमा दृढताका साथ लाग्न लगाउन समेत उनले निर्देशन दिए ।

साथै, कार्यसम्पादनका क्रममा सेवाग्राहीलाई आचरणयुक्त र शिष्टताका साथ व्यवहार गर्न गराउन निर्देशन दिदै प्रहरीबाट हुने कुनै पनि गैह्र व्यवसायीक, अमर्यादित र अपारदर्शिताका विषयहरु क्षम्य नहुने बताए ।

शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन, प्रभावकारी अपराध अनुसन्धान तथा प्रविधियुक्त अनुसन्धान प्रणाली विकास, सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक कारवाहिमा चुस्तता, समुदाय प्रहरी साझेदारी कार्यक्रम विस्तार, फैसला कार्यान्वयनमा प्रभावकारीता लगायतका विविध लक्ष्य निर्धारण गरी नेपाल प्रहरीको समग्र कार्यसम्पादनको स्तर अभिवृद्धि गर्ने अभिप्रायका साथ कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

यस अघि नै संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको कार्य सम्पादन सम्झौता पत्रमा समेत प्रदेश प्रहरी प्रमुखसंग हस्ताक्षर भइसकेको छ । उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीले पत्रमा हस्ताक्षर गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा  १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा २५/२५ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको हो । यस्तै, […]

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्। ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित […]

दाङ । कोइलाबास साविकको राप्ती अञ्चल छँदाखेरि अञ्चलका पाँच जिल्लाका बासिन्दाले नून खाने एउटामात्र नाका थियो कोइलावास । यो हाल दाङको देउखुरीमा गढवा गाउँपालिका वडा नम्बर – ८ मा पर्दछ । त्यहीँ नजिकै नेपाल प्रहरी चौकी छ अलिकति उतापट्टी सशस्त्र प्रहरी पनि छ । त्यहीँ रहेको सार्वजनिक सौचालय हेरिसक्नुको छैन । फ़ोहोरको डम्पिङ साइट नै […]

error: Content is protected !!