२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

प्रहरीले सञ्चालन गर्नेगरी चार्जिङ स्टेसन बनाउँदै आईजिपी सिंह र कुलमानबीच सम्झादारीपत्रमा हस्ताक्षर

Logo
प्रकाशित मंगलबार, भाद्र ०७, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय र नेपाल विद्युत प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण तथा सञ्चालन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच सोमबार उक्त सम्झादारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

समारोहमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले चार्जिङ स्टेशन निर्माण र संचालन सम्बन्धी भएको सम्झौताका लागि नेपाल विद्युत प्राधिकरणलाई धन्यवाद दिदै आगामी दिनमा प्रहरी जनशक्ति बढी भएका प्रहरी कार्यालयहरूमा चार्जिङ स्टेसन विस्तार गर्न समेत आग्रह गरे । विद्युत चोरी, विद्युतीय पोल चोरी लगायतका विषयमा विद्युत प्राधिकरणसँग यसभन्दा अगाडि पनि सहकार्य गर्दै आएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले राजमार्ग र पहाडी जिल्लामा स्थापना भएका चार्जिङ स्टेशनहरुको सुरक्षाका लागि नेपाल प्रहरी सदैव तयार रहेको बताए ।

समारोहमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणले राजमार्गको हरेक ६० किलोमिटरमा एउटा चार्जिङ स्टेसन स्थापना गर्ने लक्ष्य रहेकोमा यसमा नेपाल प्रहरीको भूमिका सबै भन्दा बढी प्रभावकारी रहने भएकोले यस सम्झौताले आगामी दिनमा नेपाल प्रहरीसँग प्रभावकारी रुपमा सम्बन्ध स्थापना हुने कुरामा विश्वास व्यक्त गरे । चार्जिङ स्टेसन स्थापना गर्ने कार्यमा सुरक्षा चुनौती र स्थानको समस्यालाई समाधान गर्न नेपाल प्रहरीसँगको सहकार्य अत्यन्तै महत्वपूर्ण हुने उनले बताए ।

कार्वन उत्सर्जनबाट वायुमण्डल, पर्यावरण र जीवजन्तुमा पर्न गएको नकारात्मक असरले विश्वलाई नै चिन्तित बनाइरहेको अवस्थामा कार्वन फुटप्रिन्टलाई कम गर्न विद्युतीय सवारी साधनहरूको प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालनमा रहेका विद्युतीय सवारी साधनहरूलाई सहज रूपमा चार्जिङ सुविधा उपलब्ध गराउन यो सम्झौता भएको हो ।

नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक सागर मणि ज्ञवालीले चार्जिङ स्टेशनको स्थापनाको महत्व र उद्देश्यको बारेमा प्रकाश पार्नुभएको उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल विद्युत प्राधिकरणका निमित्त उप-कार्यकारी निर्देशक एवं सहायक प्रबन्धक, प्रहरी नायव महानिरीक्षकहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!